काठमाडौँ – क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रुसी तेल ट्याङ्कर र जहाजहरूमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् ।
जस्टिन ट्रुडोले सामाजिक सञ्जाल प्लेटफर्म एकसमा प्रतिबन्धको जानकारी गराउदै लेखेका छन्, ‘रूसले तेलबाट कमाएको पैसाले युक्रेनमा आफ्नो युद्धलाई आर्थिक सहयोग गरिरहेको छ । अन्तर्राष्ट्रिय प्रतिबन्धहरूबाट बच्न रूसले अवैध रूपमा जहाजहरू मार्फत विश्वभर आफ्नो तेल ढुवानी गरिरहेको छ ।’
उनले भने, ‘मैले किभमा रहेका १०९ रूसी तेल ट्याङ्कर र जहाजहरूमा नयाँ प्रतिबन्धहरूको घोषणा गरेको छु ।’ यसअघि प्रधानमन्त्री ट्रुडोले भनेका थिए, ‘स्थायी शान्तिको लडाई एक्लै जित्न सकिँदैन । त्यसैले हामी यहाँ ‘युक्रेन’ छौं । मैले कीभमा राष्ट्रपति जेलेन्स्कीसँग कुरा गरें र भनें कि क्यानडा सधैं युक्रेनको साथमा उभिनेछ ।’
ट्रुडोले भनेका थिए, ‘मैले युक्रेनमा शान्ति स्थापना गर्न र सार्वभौमसत्ता कायम राख्न क्यानडाबाट नयाँ सैन्य सहयोग प्रदान गर्ने बारेमा कुरा गरेको छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया