मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

केदार घिमिरे अभिनित ‘माग्ने राजा’ को सुटिङ काभ्रेको बल्थलीबाट सुरु

काठमाडौँ – केदार घिमिरे अर्थात् माग्नेबुढाको प्रमुख भूमिका रहेको ‘माग्ने राजा’ को सुटिङ सुरु भएको छ । बुधबार भक्तपुरको सूर्यविनायकमा पूजा गरी आजैबाट काभ्रेको बल्थलीबाट सुटिङ सुरु भएको हो। केदार घिमिरेको लिड रोल रहेको यो नै पहिलो चलचित्र हो ।

चलचित्रका निर्देशक ऋषि लामिछाने र निर्माता मुनाल घिमिरे हुन् । चलचित्रमा पटकथा तथा संवाद सामीप्यराज तिमल्सिना र नरेन्द्र मैनालीको छायांकन रहेको छ।

आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देलजस्ता कलाकारको अभिनय रहने ‘माग्ने राजा’ मा एउटा गरिबको धनी बन्ने महत्वाकांक्षालाई समेटेर कथा लेखिएको छ । चलचित्र आगामी तीजमा प्रदर्शन हुने निर्माता घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?