मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल र म्यान्मार भिड्दै

काठमाडौँ – काठमाडौँमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल आज हुदै छ । फाइनल खेलमा नेपाल र म्यान्मार भिड्दै छन् । दशरथ रंगशालामा हुने फाइनल खेल साँझ ६ बजेदेखि शुरु हुदै छ । चार देशले भाग लिएको च्याम्पियनसिपमा म्यानर र नेपाल पहिलो र दोस्रो स्थानमा रहदै फाइनलमा पुगेका हुन् ।

म्यान्मारले लिग चरणका तिन खेलमा २ जित र एक बराबरीसहित ७ अंक हासिल गरेर शिर्ष स्थानमा रहेको थियो । म्यानमारले लेबनान र किर्गिस्तानलाई पराजित गरेको थियो भने नेपालसँग बराबरी खेलेको थियो ।

त्यस्तै नेपालको पनि तीन खेलमा २ जित र एक बराबरीसहित ७ अंक नै रहेको र गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहदै फाइनलमा पुगेको हो । नेपालले पनि लेबनान र किर्गिस्तानलाई पराजित गरेको थियो भने म्यान्मारसँग बराबरी खेलेको थियो ।

फिफाको वरियतामा ५५औं स्थानमा रहेको म्यान्मारलाई सयौं स्थानमा रहेको नेपालले लिग चरणमा बराबरीमा रोकेका कारण फाइनल खेलका लागि उत्साहित रहेको छ ।

फाइनलअघि नेपाली महिला टिमका प्रशिक्षक राजेन्द्र तामाङ र कप्तान एन्जिला तुम्बापो सुब्बाले उपाधि जित्ने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?