मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

च्याम्पियन्स ट्रफीमा आज इङल्याण्ड र अफगानिस्तान भिड्दै

काठमाडौँ – जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज इङल्याण्ड र अफगानिस्तानबीच खेल हुँदै छ । समुह बी अन्तर्गतको यो खेल पाकिस्तानको लाहोरस्थित गद्धाफी स्टेडियममा नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुदै छ ।

जारी प्रतियोगितामा इङल्याण्ड र अफगानिस्तानले आ-आफ्नो पहिलो खेलमा हार बेहोरेकोले यो खेल दुवै देशका लागि महत्वपूर्ण रहेको छ । यो खेलमा हार बेहोर्ने देश सेमिफाइनलको दौडबाट बाहिरिने भएकाले दुवैका लागि जित्नै पर्ने अवस्था रहेको छ ।

यसअघि इङल्याण्ड अस्ट्रेलियासँग र अफगानिस्तान दक्षिण अफ्रिकासँग पराजित भएका थिए । समुह बी मा दक्षिण अफ्रिका २ खेलमा ३ अंकसहित शिर्ष स्थानमा रहेको छ भने अस्ट्रेलिया २ खेलमा ३ अंकसहित रनरेटको आधारमा दोस्रो स्थानमा रहेको छ ।

इङल्याण्ड र अफगानिस्तानबीचको हेड टू हेडको कुरा गर्दा दुवैबीच अहिलेसम्म केवल ३ एकदिवसीय खेल भएका छन् । जसमा इङल्याण्डले २ खेल जितेको छ भने अफगानिस्तानले एक खेल जितेको छ ।

जारी आइसीसी च्याम्पियन्स ट्रफीमा समुह ए बाट भारत र न्यूजील्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् भने पाकिस्तान र बंगलादेश सेमिफाइनलको दौडबाट बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?