मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेप्सेमा सामान्य वृद्धि, ९ अर्ब ९० करोडको कारोबार

काठमाडौँ – मंगलबार नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ७।१३ अंकले बढेर २७६५।८८ विन्दुमा रोकिएको छ ।

आज कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ । आज ३१२ कम्निका १ करोड ७८ लाख ६५ लाख ७०३ कित्ता सेयर ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार २२७ रुपै‌याँको कारोबार भएका छन् ।

आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर १० प्रतिशतले बढ्यो भने नेपाल ल्युब आयलको सेयर ९।९७ प्रतिशतल बढ्दा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको ८।९६ प्रतिशतल बढेको छ ।

त्यसैगरी आज कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको १ अर्ब २ करोड ६२ लाख ७३ हजार ९०८ रुपैयाँको सेयर कारोबार भएको छ ।

त्यस्तै नेपाल रिन्स्योरेन्सको ८३ करोड,हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट २९ करोड, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपेन्टको २७ करोड र सीईडीबी होल्डिंक्सको २४ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?