मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

च्याम्पियन्स ट्रफीमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाको भिडन्त

काठमाडौँ – जारी आसिसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल हुँदै छ । पाकिस्तानको रावलपिन्डी क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २ : ४५ बजेदेखि शुरु हुने छ ।

जारी प्रतियोगितामा अस्ट्रेलिया र दक्षिण अफ्रिकाले आ-आफ्नो पहिलो खेल जितेका छन् । दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गरेको थियो भने अस्ट्रेलियाले इङल्याण्डलाई पराजित गरेको थियो । आजको खेल दुवै देशका लागि महत्वपूर्ण रहेको छ । आजको खेल जित्ने देश सेमिफाइनलमा पुग्ने सम्भावना हुने छ ।

प्रतियोगिता अघि प्रमुख खेलाडीको अनुपस्थितिमा कमजोर मानिएको अस्ट्रेलियाले इङल्याण्डविरुद्धको खेलमा प्रतियोगिताको इतिहासकै सबै भन्दा ठुलो लक्ष्य चेज गरेर आफुलाई प्रतियोगिताको दाबेदारको रुपमा पेश गरेको छ ।

त्यसैगरी दक्षिण अफ्रिकाले पनि पछिल्ला बर्षहरुमा उत्कृष्ट क्रिकेट खेलिरहेको छ । दक्षिण अफ्रिकाका लागि हेइनरिच क्लासेनको फिटनेस चिन्ताको विषय बनेको छ । उनी अफगानिस्तानविरुद्ध खेलेका थिएनन् । उनी यस खेलमा फर्किने सम्भावना रहेको छ ।

अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच अहिलेसम्म ११० एकदिवसीय खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले ५५ खेल जितेको छ भने अस्ट्रेलियाले ५१ खेल जितेको छ । जसमा ३ खेल बराबरीमा सकिएका छन् भने एक खेलको नतिजा आएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?