मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेप्सेमा सामान्य वृद्धि हुँदा ११ अर्ब ८ करोडको कारोबार

काठमाडौँ – यो साता कारोबारको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ परिसूचक ३ दशमलव ३५ अङ्कले बढेर दुई हजार सात सय ५८ दशमलव ७५ को विन्दुमा कायम भएको हो ।

आज तीन सय १० कम्पनीको दुई करोड ११ लाख १० हजार कित्ता शेयर एक लाख ३ हजार २६२ पटक खरिदबिक्री हुँदा रू ११ अर्ब ८ करोड ५४ लाख ६४ हजार ७५८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा बैंकिङ १।२२, लगानी १।०९ , उत्पादन तथा प्रशोधन ६९।८० र अन्य समुह ५८।१४ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

आज गार्डियन माइक्रो लाइफइस्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने वीन नेपाल लघुवित्तको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ५९ करोड ३५ लाख ३८ हजार ९५ बराबरको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?