मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मन्थलीमा व्यावसायिक माहुरीपालन गर्नेको सङ्ख्या बढदै 

मन्थली ‘रामेछाप’ – जिल्लामा व्यावसायिक माहुरी पालन फस्टाउँदै गएको छ । यहाँका स्थानीय तहहरूमा माहुरी पालन गर्नेको सङ्ख्या बढ्दै गएको छ । मन्थली र रामेछाप नगरपालिका, सुनापति गाउँपालिका लगायतका स्थानीय तहमा व्यावसायिक माहुरी पालन गरिएका छन् । 

कम लगानीमा बढि आम्दानी हुने भएपछि यहाँका कृषक माहुरी पालनतर्फ आकर्षित भएका हुन् । सुक्खा ठाउँमा पनि माहुरी पालन गर्न सकिने भएकाले धेरैको रोजाइमा परेको छ । 

विशेषगरी सेरेना जातका माहुरीले प्रायः दुई÷तीन महिनामै मह उत्पादन गर्ने भएकाले मह बिक्रीबाट आम्दानी लिन सजिलो हुने कृषक बताउँछन् । लामो समयसम्म रोजगारीको सिलसिलामा सहर बसेर फर्किएका रामेछाप नगरपािलका–७ सुकाजोरका स्थानीय कृष्णबहादुर तामाङले गाउँमै केही गर्ने अठोटका साथ माहुरी पालन गरेका छन् । 

अवसरको खोजी गर्ने क्रममा अन्तिममा माहुरी पालन सहज लागेकोले आफू यस प्रति सन्तुष्ट रहेको उनको भनाइ छ । अहिले मह प्रतिकिलो एक हजारदेखि एक हजार पाँच सयसम्ममा बिक्री हुने गरको छ । एक सिजनमा एउटा घार बाट तीन केजीसम्म मह उत्पादन हुन्छ । एक वर्षमा चार पकटसम्म मह काढ्ने गरेको तामाङको भनाइ छ । 

मन्थली नगरपालिका–१ का चन्द्र बहादुर मानन्धरले दुई÷तीन वर्षमै माहुरी पालन विस्तार गरी २० घार बनाए । उनले हाल दुई सय किलोभन्दा बढी मह बिक्री गरिसकेका छन् । सुरुमा माहुरी पालन सम्बन्धी कुनै ज्ञान नभएपनि छोटो अवधिको तालिम लिएर सुरु गरेकाले अहिले राम्रै आम्दानी गरेको उनले बताए । 

उनले भने, “विशेषगरी तोरी फुलेका बेलामा माहुरीको मह चाँडो चाँडो काढ्न सकिन्छ । माहुरीको चरन क्षेत्र भनेको फुलवारी र तोरीबारी हो ।”​​​​​​​ माहुरी पालन गर्ने कृषकले मह मात्र नभइ माहुरी सहितको घारसमेत बिक्री गर्ने गरेका छन् । सेरेना जातको माहुरीसहितको घार प्रतिगोटा रु १० हजारसम्ममा बिक्री हुने कृषक बताउँछन् । 

मन्थलीमा सदाबहार बहुद्देश्यीय सहकारी संस्थाले पनि माहुरी पालन सुरु गरेको छ । छोटो तालिम पश्चात सुरु गरेको माहुरी पालनबाट प्रतिकिलो एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्मा गाउँघरमै मह बिक्री गर्ने गरेको सुनापति माहुरी पालन फार्मका सञ्चालक एवं खनियापानीका लाल बहादुर मानन्धरले बताए । 

उनले सेरेना र मेरीफेरा गरी दुई जातका माहुरीबाट एक सिजनमा  एक सयदेखि एक सय पचास किलोसम्म मह उत्पादन गर्दै आएका छन् । खनियापनीस्थित रूपाकोटका १८ जनाले पनि व्यावसायिक माहुरी पालन गरेका छन् । रूपाकोट माहुरी पालन कृषक समूहले ५३ घार एकै ठाँउमा माहुरीपालन गरेका छन्  । खनियापानीमा मात्र पाँच सय घार माहुरी पालन गरिएको छ । 

माहुरी पालनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले पनि विगतदेखि अनुदान स्वरूप सहयोग गर्दै आइरहेको छ । उक्त सहयोग चालु आर्थिक वर्षमा पनि गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाकी सूचना अधिकारी बिनिसा श्रेष्ठले जानकारी दिए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?