काठमाडौँ – ईसाई धार्मिक नेता पोप फ्रान्सिसको अवस्था गम्भीर रहेको छ । भ्याटिकन सिटीले विज्ञप्ति मार्फत पोप फ्रान्सिसको दुवै फोक्सोमा निमोनियाँ भएको जानकारी दिएको हो ।
भ्याटिकनले जारी गरेको विज्ञप्तिमा पोपको अवस्था खतरामुक्त नरहेको बताएको छ । ८८ वर्षीय पोप फ्रान्सिसलाई श्वास प्रश्वासको संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो ।
शनिबारदेखि उनलाई सास फेर्न गाह्रो भइरहेको बताइएको छ । उनको स्वास्थ्य खराब हुँदै गएको जानकारी दिइएको छ ।
पोप फ्रान्सिसको रोमस्थित जेमेली अस्पतालमा उपचार भइरहेको छ । पोप प्लेटलेट काउन्ट घटेको र रक्त अल्पता पनि रहेकाले उनलाई रगत पनि चढाइएको जानकारी दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया