मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कुन मुद्रा कतिमा हुँदैछ खरिदबिक्री

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार एक अमेरिकी डललको खरिददर १३८ रूपैयाँ ४५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०५ पैसा कायम गरिएको छ ।

आइतबार यूरोपियन युरो एकको खरिदमूल्य १४४ रूपैयाँ ९५ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ५८ पैसा तोकिएको छ । त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७५ रूपैयाँ १५ पैसा र बिक्रीदर १७५ रूपैयाँ ९१ पैसा कायम गरिएको छ ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ ४७ र बिक्रीदर ८८ रूपैयाँ ८५ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ५५ पैसा र बिक्रीमा ९७ रूपैयाँ ९७ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ २१ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ २५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ ०८ पैसा तथा बिक्री दर १९ रूपैयाँ १६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६६ पैसा तथा बिक्री दर ९ रुपैयाँ ७१ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, आइतबार कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ९८ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ १५ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९२ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार ३१ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रूपैयाँ ४७ पैसा कायम गरेको छ ।

साथै, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ ५५ पैसा र बिक्रीदर ४५० रूपैयाँ ५० पैसा र बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ९७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?