मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

च्याम्पियन्स लिगको राउण्ड १६ को ड्र, रियलको प्रतिद्वन्दी एटलेटिको

काठमाडौँ – युइएफए च्याम्पियन्स लिगको राउण्ड १६ को ड्र सम्पन्न भएको छ । शुक्रबार भएको ड्र अनुसार रियल म्याड्रिडले एटलेटिको म्याड्रिड प्रतिद्वन्दी पाएको छ । च्याम्पियन्स लिगको यस सिजनको राउण्ड १६ को यो खेल म्याड्रिड डर्बी हुने भएको हो ।

त्यस्तै आर्सनलको भिडन्त नेदरल्याण्डसको क्लब पीएसभीसँग हुने भएको छ । त्यस्तै पिएसजीको सामना लिभरपुलसँग हुने भएको छ भने एस्टन भिल्लाले क्लब ब्रुगेसँग खेल्ने भएको छ ।

त्यसैगरी बार्सिलोनाले बेनिफिकासँग खेल्ने छ भने बोरुसिया डोर्टमण्डले लिलेसँग खेल्ने भएको छ । त्यस्तै बायर्न म्युनिखको भिडन्त बायर लिभरकुसनसँग हुने भएको छ भने इन्टर मिलानले राउण्ड १६ मा नेदरल्याण्डसको फेयनूर्डसँग खेल्ने भएको छ ।

राउण्ड १६ को पहिलो लिग मार्च ४ र ५ मा हुने छ भने दोस्रो लिगका खेल मार्च ११ र १२ मा हुने युइएफएले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?