काठमाडौँ – अन्ततः दृश्यमः३ बन्ने भएको छ । महिनौंको अनुमानको बीचमा सुपरस्टार मोहनलालले आधिकारिक रूपमा क्राइम सस्पेन्स थ्रिलर फ्रान्चाइजी दृश्यमको तेस्रो सिक्वेल बन्न लागेको जनाएका छन् ।
तेस्रो सिक्वेलका लागि जितु जोसेफले पटकथा लेखिसकेका छन भने आशिर्वाद सिनेमासले निर्माण गर्न लागेको हाे।
सन २०२१ मा दृश्यमः २ रिलिज भएदेखि नै फ्यानहरू दृश्यमः ३ को लागि उत्सुकताका साथ पर्खिरहेका थिए । फिल्मको हिन्दी रिमेकको ब्लकबस्टर सफलताले अर्को किस्ताको बारेमा प्रचार र खोजी बढाएको थियो, जुन अब पुष्टि नै भइसकेको छ ।
अभिनेता माेहनलालले ट्विटर (एक्स) मा दृष्यमः ३ को अन्ततः निर्माण हुने भन्दै लेखेका छन, ‘द पास्ट नेभर स्टेज साइलेन्ट।’
दृष्यमः ३ लाई मलयालम र हिन्दी भाषामा एकैसाथ सम्बन्धित कलाकार र क्रु मेम्बरलाई लिएर बनाइने रिपोर्ट आएको छ । तर, यसबारेमा कुनै आधिकारिक धारणा आएको छैन । आगामी फिल्म फ्रेन्चाइजको अन्तिम फिल्म हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया