मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सलमानमाथी ५०० करोड लगानी गर्न फिल्म कम्पनी हच्किए, निर्देशक एटली र अल्लुको नयाँ फिल्म आउने

काठमाडौँ – पुष्पा २ः द रुलको मेगा सफलता पछि पान इन्डियाका सुपरस्टार अल्लु अर्जुन आफ्नो अर्को फिल्मको समय तालिकामा व्यस्त रहेका छन । तेलुगु मिडियाहरूका अनुसार अभिनेताको भविष्यको फिल्म लाइन अपको बारेमा योजनाहरूमा हालै केही परिवर्तन भएको छ ।

समाचार अनुसार अल्लु अर्जुनले निर्देशक त्रिविक्रम श्रीनिवाससँग ठूलो बजेटको पौराणिक महाकाव्यको लागि आफ्नो पुनर्मिलनको घोषणा गरेका थिए । ‘पुष्पा २’ पछि कलाकारको यो फिल्म तुरुन्तै आउने बताइएको थियो । तर पछिल्ला केही दिनयता भने अल्लु अर्जुन शाहरूख खानको जवान फिल्म निर्देशक एट्लीसँगको नयाँ सहकार्यका कारण थप चर्चामा रहेका छन्।

केही समय अघि मात्रअल्लु अर्जुन र एट्ली पान इन्डिया प्रोजेक्टमा सहकार्य गर्न वार्तामा थिए भन्ने खबर आएको थियो तर अभिनेताले पछि केही कारणले यसलाई अस्वीकार गरेका थिए । त्यसपछि निर्देशक इटलीले बलिउड सुपरस्टार सलमान खानसँग वार्ता सुरु गरेका थिए । तर, कास्टिङ र बजेट समस्याका कारण परियोजना स्थगित भएको खुलासा भएको थियो ।

खासमा, निर्माताहरूले सलमान खान माथी ५०० करोड लगानी गर्न नसक्ने जनाए पछि एटली पुनः अल्लु अर्जुनतिर फर्किएका हुन् । तर, अब गुल्टी डटकमका अनुसार एट्ली र अल्लु अर्जुनले सहकार्य गर्ने निर्णय गरेका छन् । चाडै नै निर्देशक एटली र अभिनेता अल्लुले औपचारिक रूपमा घोषणासमेत गर्दैछन् ।

जसका कारणा स्क्रिप्टमा काम गरिरहेकाले निर्देशक त्रि विक्रमसँगको हुने भनिएको अल्लु अर्जुनको फिल्म अर्को वर्षतिर धकेलिएको बताइएको छ । एटलीको नयाँ फिल्म ‘एए २२’ लाई सन पिक्चर्स र गीता आर्ट्सले निर्माण गर्न मञ्जुर भएका हुन, जुन कम्पनिले सलमान माथी लगानी गर्नु भनेको जोखिम बढाउनु भएको जनाएका थिए । तर, अल्लु अर्जुनका लागि उनीहरूले दिल खोलेको गुल्टी डटकमले जनाएको छ ।

सो फिल्ममा अभिनेत्री जान्हवी कपूरले मुख्य भूमिका निर्वाह गर्ने हल्ला चलिरहेको छ तर भरपर्दो श्रोतले भने पुष्टि भने अझै गरेको छैन । ‘एए २२’ को लागि अनिरुद्ध रविचन्द्रनले संगीत दिने पक्का भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?