मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

प्रतितोला एक हजारले घट्यो सुनको भाउ

काठमाडौँ – नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रतितोला एक लाख ७० हजार रुपैयाँमा कारोबार भएको जनाएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँ थियो । चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९९५ रुपैयाँ रहेको चाँदी आज १९९० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?