मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आयुर्वेदिक सेवाप्रति आममानिसमा विश्वास बढ्दै

मकवानपुर – हेटौँडामा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा सात महिनाको अवधिमा नौ हजारभन्दा बढीले सेवा लिएका छन् ।

चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म नौ हजार ४८ जनालाई सेवा दिइएको चिकित्सालयकी प्रमुख ललिता पाण्डेले जानकारी दिइन् । सेवा लिनेमध्ये चार हजार २७३ जना पुरुष रहेका छन्, भने चार हजार ७७५ जना महिला रहेका छन् ।

चिकित्सालयमा गत आर्थिक वर्ष २०८०-८१ मा १७ हजार ६८० जनाले सेवा लिएको पाण्डेले बताइन् । उनका अनुसार औषधालयमार्फत २३ थरीका औषधि निःशुल्क वितरण गर्नाका साथै सशुल्क फार्मेसी, पूर्वकर्म, पञ्चकर्म, योग परामर्श, पत्थ्य आहार सेवा प्रदान भइरहेको छ ।

यस्तै, प्रयोगशाला सेवा, निःशुल्क फिजियोथेरापी, ज्येष्ठ नागरिक सेवा, स्तनपायी कार्यक्रम, अकुपञ्चर सेवा र शल्य सेवा उपलब्ध रहेको चिकित्सालयका सूचना अधिकारी विनोदकुमार शाहले जानकारी दिए ।

औषधालयले केही समयमा नै हेटौँडा–२ स्थित नयाँ भवनबाट सेवा प्रदान गर्ने र थप सेवा विस्तार गरिने शाहले बताए । पछिल्लो समय आयुर्वेदिक सेवाप्रति आममानिसमा विश्वास बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?