मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

जुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा

जुम्ला – जिल्लाका आठ वटा स्थानीय तहका ६० वडामध्ये १२ वडालाई बालविवाह मुक्त घोषणा गरिएको छ । हिमा गाउँपालिकाका ७ वडामध्ये १, २, ३ र ५ नम्बर वडालाई बालविवाह मुक्त घोषणा गरिएको हो ।

बुधबार एक कार्यक्रमका बीच कनकासुन्दरी गाउँपालिका–४ र ५ पातारासी गाउँपालिका–५, तिला गाउँपालिका–६, गुठीचौर गाउँपालिका–४, सिन्जा गाउँपालिका–२, ४ र ६ लाई बालविवाह मुक्त घोषणा भएका हुन ।

यहाँका स्थानीय तहले प्लान नेपाल, पेस नेपाल, क्याड नेपाल, सर्वोदय नेपाल,किर्डाक, आइएनएफलगायतका गैरसरकारी सङ्घसंस्थासँगको सहकार्यमा ती वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिए ।

दिगो विकासका लक्ष्य हासिल गर्ने सरकारको लक्ष्यअनुसार मुलुकलाई सन् २०३० सम्ममा बालविवाह मुक्त गर्न ती संस्थासँग सहकार्य भएको उनको कथन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?