मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

युगान्डा भ्रमणको लागि नेपाली महिला क्रिकेट टोलीको छनोट

काठमाडौँ – युगान्डामा आयोजना हुने मैत्रीपूर्ण क्रिकेट खेलका लागि नेपाल क्रिकेट सङ्घ ९क्यान०ले प्रारम्भिक चरणमा १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

युगान्डा क्रिकेट एसोसिएसनको आयोजनामा यही फागुन २२ देखि चैत ४ गतेसम्म सञ्चालन हुने मैत्रीपूर्ण क्रिकेट खेलको लागि पहिलो चरणमा १८ खेलाडी प्रशिक्षणमा बोलाएको हो ।

छनोट हुने टोलीमा कप्तान इन्दु बर्मासहित रचनाकुमारी चौधरी, साना प्रवीन, रिया शर्मा, सीमाना केसी, शोभा रोकाया, राजमती ऐरी, अलिसाकुमारी यादव, सबनम राई, रूविना क्षेत्री र ममताकुमारी चौधरी छन् ।

त्यसैगरी कविता जोशी, रोमा थापा, ईश्वरी विष्ट, सम्झनाकुमारी खड्का, पूजा महतो, विन्दु रावल र मनिषा कुमारी उपाध्याय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?