ताप्लेजुङ – यहाँको आठराई त्रिवेणी गाउँपालिकाले ७० वर्ष माथिका आंशिक वा पूर्ण रूपमा दाँत नभएका ज्येष्ठ नागरिकलाई निःशुल्क दन्त उपहार प्रदान गर्ने भएको छ ।
पूर्वाञ्चल डेन्टल हस्पिटल प्रालि, इटहरीको सहकार्यमा बुधबारदेखि दन्त परीक्षण गरी पूर्ण वा आंशिक रूपमा दाँत उपलब्ध गराइने निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर प्रधानले जानकारी दिए । दक्ष दन्त चिकित्सकमार्फत सेवा प्रदान गरिने पालिकाले जनाएको छ ।
पालिकाले प्रत्येक वडामा शिविर सञ्चालन गर्ने जनाएको छ । फागुन ७ गते वडा नं १ ‘निघुरादिन’, ८ गते वडा २ ‘फूलबारी’, ९ गते वडा ३ ‘हाङपाङ’ मा सेवा प्रदान गरिनेछ । त्यसैगरी, फागुन १० र ११ गते वडा ४ ‘चाँगे’ र वडा ५ कार्यालय भवनमा शिविर सञ्चालन हुनेछ ।
लाभग्राहीले नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा पेस गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया