मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अन्ततः प्रभासको महत्वकांक्षी फिल्म ‘फौजी’मा आलिया भट्ट पनि देखिने

काठमाडौँ – ‘कल्किः २८९८ एडी’ बाट बक्स अफिसमा धुम मच्चाउने प्रभाससँग अहिले एक–दुई होइन करिब आधा दर्जन ठूला फिल्म रहेका छन्, जसमध्ये एक हो ‘फौजी’ ।

यो चलचित्रलाई हनु राघवपुडीले निर्देशन गर्दैछन् । अहिले प्रभास फिल्मको सुटिङमा व्यस्त छन् । हालै यो फिल्ममा अनुपम खेर महत्वपूर्ण भूमिकामा देखिने खुलासा भएको छ । अब यसमा आलिया भट्टको पनि प्रवेशको खबर आइरहेको छ ।

केही दिन अघि साउथ स्टार साई पल्लवी  ‘फौजी’ मा प्रवेश गरेको खबर आएको थियो । उनको भूमिका महत्वपूर्ण हुने र उनी फिल्मको फ्ल्यास ब्याक कथामा देखिने बताइएको थियो तर अहिले आलिया भट्टको प्रवेशको खबरले फ्यानहरु उत्साहित भएका छन् । सिने जोसले आफ्नो एक रिपोर्टमा आलियाको फिल्ममा विशेष भूमिका हुने बताएको छ ।

समाचारमा ‘फौजी’को कथामा राजकुमारी पात्र रहेको दाबी गरिएको छ । अहिले आलिया भट्टले सोही भूमिका निर्वाह गर्ने बताइएको छ । फिल्ममा अनुपम खेरको प्रवेशको कुरा फौजीका निर्माताले आफैंले पुष्टि गरेका थिए तर अहिलेसम्म आलियाको प्रवेशको खबरलाई लिएर निर्माताकोतर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

अर्थात् आलियाको प्रवेशलाई आधिकारिक रूपमा स्वीकृत हुन बाँकी रहेको जनाइएको छ । तर, यदि यो खबर सत्य हो भने यो आलिया र प्रभासको पहिलो सँगै फिल्म हुनेछ ।  प्रभासको फौजी लामो समयदेखि चर्चामा छ । यो एक दमदार एक्शन फिल्म हुने बताइएको छ, जसको कथा पनि राम्रो हुने अपेक्षा गरिएको छ । रिपोर्टलाई विश्वास गर्ने हो भने यसको बजेट करिब ४०० करोड रुपैयाँ छ । यस्तो अवस्थामा यसको स्टार कास्ट पनि ए–लिस्टर्सले भरिपूर्ण हुनेछ । 

अहिले प्रभास आफ्नो अर्को फिल्म ‘द राजा साब’ को रिलिजको प्रतिक्षामा छन् । उनको फिल्म यसै वर्षको अप्रिल १० मा हलमा रिलिज हुने तयारीमा छ भने आलिया भट्टको कुरा गर्ने हो भने उनले आफ्नो करियरमा साउथको एउटा मात्र फिल्ममा काम गरेकी छिन् । उनी एसएस राजामौली निर्देशित फिल्म आरआरआर मा राम चरण र जुनियर एनटीआर जस्ता स्टारहरूसँग देखिएकी थिइन्। उनको भूमिका सो फिल्ममा सानो भए पनि उनको अभिनयलाई निकै रुचाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?