मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रूसले गुगललाई गरायो ३.८ मिलियन जरिवाना

काठमाडौँ – रुसी सेनालाई कसरी आत्मसमर्पण गराउने भनेर युट्युब क्लिप राखेको भन्दै रुसले गुगललाई ठुलो परिणामको जरिवाना गरेको छ ।

एक रूसी अदालतले अल्फाबेटको गुगललाई ३.८ मिलियन रूबल जरिवाना गराएको हो । अदालतले भनेको छ कि ‘रूसको आत्मसमर्पण’ सबन्धी युट्युबमा सामग्री होस्ट गरेको अभियोगमा रिवाना गरिएको हो ।

जसमा रूसी सैनिकहरूलाई आत्मसमर्पण गर्न निर्देशन दिने भिडियोहरू समावेश रहेको रूसको सरकारी स्वामित्वको तास समाचार एजेन्सीले जनाएको छ ।

रसियाले धेरै वर्षदेखि विदेशी टेक्नोलोजी प्लेटफर्महरूलाई गैरकानूनी भन्दै सामग्री हटाउन आदेश दिइरहेको छ, यसमध्यमा रूस युक्रेनमा युद्धको बारेमा बनाइएका भिडियोहरूले भ्रम छरेको रूसको लामो समय देखी आरोप रहदै आएको छ । गुगलले भने सो जरिवाना पछि कुनै प्रतिक्रिया दिएको छैन् ।

पुटिनले गत डिसेम्बरमा गुगललाई अमेरिकी सरकारको राजनीतिक अंक प्राप्त गर्न प्रयोग गर्ने उपकरण भएको आरोप लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?