मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अन्तरराष्ट्रिय फुटबल खेल्न स्वदेश फर्किन साम्बा

काठमाडौँ – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी ‘फरवार्ड’ सावित्रा भण्डारी ‘साम्बा’ आज स्वदेश फर्किएकी छिन् । फ्रान्समा व्यवसायी फुटबल खेलिरहेकी साम्बा नेपालले आयोजना गरेको चार देश सम्मिलित अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न स्वदेश फर्केकी हुन् ।

उनलाई अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’का प्रवक्ता सुरेश शाहलगायतले अन्तरराष्ट्रिय त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । नेपालले आज साँझ ६ बजे कीर्गिस्तानसँग खेल्दैछ ।

यसअघि उक्त प्रतियोगिताका लागि सयुक्त अरब इमिरेट्स ‘युएइ’ को लिग खेलिरहेकी रेखा पौडेल र ग्रिसमा व्यावसायिक फुटबल खेलिरहेकी नेपाली टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा नेपाल फर्किएकी थिइन् । प्रतियोगितामा नेपालसहित कीर्गिस्तान, म्यानमार र लेबननको सहभागिता रहेको छ ।

प्रतियोगिताका खेलहरू राउन्ड रोबिनका आधारमा खेलिने छभने शीर्ष स्थान हासिल गर्ने दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । प्रतियोगितामा नेपालले आजसँगै यही फागुन ८ गते लेबनानसँग खेल्ने छभने ११ गते म्यान्मासँग खेल्नेछ ।

नेपाली टोलीको ‘गोलकिपर’मा कप्तान एञ्जिला तुम्बापो सुब्बासँगै अञ्जना राना मगर र उषा नाथ छन् । त्यसैगरी, ‘डिफेन्डर’मा निशा थोकर, समीक्षा घिमिरे, अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, बिमला चौधरी र मनमाया दमाईं छन् । त्यसैगरी, ‘मिडफिल्डर’मा अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरू लिम्बु, सविता राना मगर, रेनुका हमाल र सुष्मा तामाङ छन् ।

फरवार्डमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?