मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

धुम्रपान नगर्नेलाई किन बढदै छ फोक्सोको क्यान्सर ?

काठमाडौँ – विश्वभर फोक्सोको क्यान्सरको जोखिम तीव्र गतिमा बढिरहेको छ । यो रोगले धुम्रपान गर्नेलाई बढी असर गरिरहेको छ तर सबैभन्दा ठूलो चिन्ता भनेको ध्रुमपान नछोएका मानिसहरूमा पनि देखिन थालेको छ ।

ल्यान्सेटमा प्रकाशित एक अध्ययन अनुसार सन् २०२२ मा विश्वभर २५ लाख फोक्सोको क्यान्सरका बिरामी भेटिएका छन् । ल्यान्सेट अध्ययनले पछिल्लो केही वर्षमा चुरोट पिउनेहरूको संख्या तीव्र रूपमा घटेको देखाएको छ। यसका बाबजुद पनि फोक्सोको क्यान्सरका केसहरू भने निरन्तर बढिरहेको अचम्मको रेकर्ड बताएको छ ।

यस्तो अवस्थामा धुम्रपान नगर्नेलाई किन क्यान्सर हुन्छ, आज जानौं ।

ल्यान्सेटमा प्रकाशित रिपोर्ट अनुसार सन् २०२२ मा ५३.७० प्रतिशत फोक्सोको क्यान्सर चुरोट नपिउने मानिसमा देखिएको थियो । रिपोर्टका अनुसार यसको सबैभन्दा ठूलो कारण विश्वको बिग्रिएको हावापानी र मौसम हो । बढ्दो वायु प्रदुषणको खतरनाक असर फोक्सोको क्यान्सर बढ्दै गएको देखिन्छ । यसको जोखिम भारत, चीन र थाइल्याण्ड जस्ता देशमा सबैभन्दा बढि देखिएको छ ।

फोक्सोको क्यान्सर एक धेरै खतरनाक र गम्भीर रोग हो। यसमा फोक्सोका कोशिकाहरू अत्यधिक मात्रामा बढ्न थाल्छन् र एकै ठाउँमा जम्मा भएर ट्युमर बन्छ, जसले फोक्सोको क्यान्सर निम्त्याउँछ। इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरका अनुसार धुम्रपानसँगै वायु प्रदूषण पनि फोक्सोको क्यान्सरको सबैभन्दा ठूलो कारण मानिएको छ ।

ल्यान्सेटको अध्ययनले सन् २०२२ मा विश्वभरका महिलामा फोक्सोको क्यान्सरका ९ लाख बिरामीमध्ये ८० हजार प्रदूषित हावाका कारण भएको देखाएको थियो ।

उसो भए, फोक्सोको क्यान्सरका लक्षणहरू के के हुन् ? त यो पनि जानिराखौं । जसअनुसार लगातार खोकी, खोक्दा रगत निस्कने, आवाजको कर्कशता, अलिकति हिँडेपछि गल्ने, छाती र काँधमा लगातार दुखाइ, सधैं थकान महसुस, अनुहार, हात र काँध सुन्निने, छातीको माथिल्लो भागमा सुन्निने, भोक नलाग्ने र द्रुत वजन घटने अवस्था यसका लक्षणहरू हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?