मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

ओस्कार अवार्ड २०२५ मा ऋतिक रोशनको १७ वर्ष पुरानो फिल्म देखाइने

काठमाडौँ – ऋतिक रोशन र ऐश्वर्या रायको फिल्म ‘जोधा अकबर’लाई फ्यानहरुले निकै रुचाएका थिए । यो एक पिरियड ड्रामा फिल्म थियो र यसमा ऋतिक–एशको जोडीले फ्यानबाट धेरै माया पाएको थियो । यो फिल्म रिलिज भएको १७ वर्ष भइसकेको छ ।

यस विशेष अवसरमा, ओस्कार अवार्डको आयोजक एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेजले यस फिल्मको विशेष स्क्रिनिङको घोषणा गरेको छ। मार्चमा यो फिल्मको स्पेशल स्क्रिनिङ हुनेछ । आशुतोष गोवारीकर निर्देशित ‘जोधा अकबर’ सन् २००८ मा रिलिज भएको थियो ।

यो एक ऐतिहासिक रोमान्टिक फिल्म थियो, जसमा ऋतिक रोशनले अकबरको भूमिका निभाएका थिए भने ऐश्वर्या रायले जोधाबाईको भूमिका निभाएकी थिइन। फिल्मले फ्रेबुअरी १५ मा १७ वर्ष पूरा गरेको छ । फिल्म ‘जोधा अकबर’को विरासतलाई कायम राख्दै एकेडेमीले मार्च २०२५ मा लस एन्जलसमा फिल्मको विशेष स्क्रिनिङको आयोजना गरेको छ । यो ‘जोधा अकबर’ को लागि उत्सव भन्दा कम छैन।

फिल्मको बारेमा आशुतोष गोवारीकर भन्छन्, ‘जोधा अकबरको १७ वर्ष पूरा भएकोमा दर्शकप्रति म धेरै आभारी छु । मानिसहरूले यसलाई आफ्नो सम्झनामा राखेका छन र अझै पनि प्रेम व्यक्त गरिरहेका छन । फिल्मको रिलिजदेखि लिएर ओस्कारमा स्पेशल स्क्रिनिङसम्म सबैको मिहिनेतका कारण फिल्म सफल भएको छ । फिल्मले विश्वभरका दर्शकको माया पाएको छ ।”

केही दिन अघि ‘जोधा अकबर’ को बारेमा खबर आएको थियो कि फिल्ममा ऐश्वर्या राईले लगाएको लेहेंगालाई एकेडेमीले मोसन प्रदर्शनीका लागि राखेको थियो । यो पोशाक प्रसिद्ध डिजाइनर नीता लुल्लाले डिजाइन गरेकी थिइन । ‘जोधा अकबर’ यसको भव्य सेट र शाही भव्यताका लागि मात्रै होइन, बरु, यो फिल्म यसको उत्कृष्ट छायांकन, उत्कृष्ट वेशभूषा र उत्कृष्ट ध्वनि ट्र्याकको लागि पनि सम्झना गरिन्छ । यस फिल्ममा ऐश्वर्या र ऋतिकका साथै सोनु सुद, रजा मुराद, इला अरुण, सुहासिनी मुळे र निकितन धीरले पनि अभिनय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?