मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अमेरिकी राष्ट्रपति ट्रम्प मे ८ मा मस्को जान सक्ने सम्भावना, के छ तयारी ?

काठमाडौँ – पछिल्लो तीन वर्षदेखि रुस र युक्रेनबीच चलिरहेको युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले व्यस्त रहेका छन् । यसैबीच अब ट्रम्पले मे महिनामा रुसको भ्रमण गरी रुसमा हुने समारोहमा सहभागी हुन सक्ने खुलासा भएको छ ।

जानकारी अनुसार अमेरिकी राष्ट्रपति ट्रम्प मे ८ र ९ मा रुसको भ्रमण गर्न सक्ने छन्, जुन भ्रमणको तयारी सुरू भएको छ । ट्रम्पले रूसको विजय दिवसको उत्सवमा भाग लिन सक्ने सम्भावना बढेर गएको छ, रूसको विजय दिवस मे ९ मा मनाइन्छ।

यसअघि ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग फोनमा कुराकानी गरेका थिए भने सो फोन पछि उनले रूसको प्रतिद्दन्दी मुलुक युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग पनि फोनमा कुराकानी गरेका थिए । त्यस बेला देखि रुस–युक्रेन युद्धको पूर्णविरामको बारेमा अड्कलबाजी सुरु भएको छ । ट्रम्पले दुवै देश युद्द रोक्न सहमत भएको जनाएका थिए ।

यसअघि पनि रुसी राष्ट्रपति पुटिनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विजय दिवसमा सहभागी हुन आमन्त्रण गरेको र उनी त्यसमा सहभागी हुने विचार गरिरहेको खुलासा भएको थियो । क्रेमलिनले पनि ट्रम्पको सम्भावित भ्रमणको तयारी भइरहेको संकेत गरिसकेको छ ।

रूस–युक्रेन युद्ध अन्त्यका लागि ट्रम्पले रुसका राष्ट्रपति र युक्रेनका राष्ट्रपतिसँग वार्ता गरेर युद्ध अन्त्य गर्नेतर्फ ठूलो कदम चाले पछि पुटिन र ट्रम्पका बिचमा सबन्ध सुधार भइरहेको छ । उनले रुस–युक्रेन युद्धमा हजारौं मानिसको रगत बगोस् भन्ने पनि पुटिन चाहँदैनन्, अब यसलाई अन्त्य गर्नुपर्छ भन्ने सन्देश विश्वलाइ दिइसकेका छन ।

सो क्रममा उनले विश्वयुद्दः२ मा अमेरिका–रुस गठबन्धनको स्मरण गर्दै आगामी दिनमा दुई देशबीचको सहकार्य अझ सुदृढ हुने संकेत गरिसकेका थिए । तर, सो अघि भने ट्रम्पले दुवै नेताले एकअर्काको देश भ्रमण गर्ने बताएका थिए । ट्रम्पको भ्रमणपछि रुस–युक्रेन युद्ध अन्त्य हुने र दुई देशबीच सम्झौता हुने अपेक्षा गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

डोनाल्ड ट्रम्पको यो रुस भ्रमण पछि रुस र अमेरिकाबीचको सम्बन्ध थप मजबुत हुने र एक दशकभन्दा बढी समय पछिको यो कुनै पनि अमेरिकी राष्ट्रपतिको पहिलो रुस भ्रमण हुनेछ । ट्रम्पको भ्रमणले रुसलाई युक्रेनको मुद्दामा अमेरिकासँग प्रत्यक्ष वार्ता गर्ने अवसर दिनेछ ।

भने, क्रेमलिनसँग नजिक रहेका द्रिमितिभले रूस र अमेरिका बिच आर्थिक साझेदारीका बारेमा सम्झौताको तयारी भइरहेको यसअघि नै बताइसकेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?