काठमाडौँ – महाकुम्भमा ३३ दिनमा ५० करोडभन्दा बढी भक्तजनले स्नान गरेका छन् । यो इतिहासमा रेकर्ड गरिएको सबैभन्दा ठूलो घटनाको रूपमा रेकर्ड भएको छ, ४५ दिनसम्म चल्ने महाकुम्भ सकिनका लागि अझै ११ दिन बाँकी छ ।
भारतीय समाचार माध्यमलेअमेरिका र चीनको कुल जनसङ्ख्या पछि तेस्रो ठूलो जनसङ्ख्या बराबरको मानिस प्रयागराज पुगेका हुन ।
ब्राजिलको रियो फेस्टिवल वा जर्मनीको अक्टोबर फेस्टिभलमा हुने भीड यसको तुलनामा केही होइन। फेब्रुअरी ९ बाट सुरु भएको रियो कार्निवल १७ फेब्रुअरीसम्म चल्ने छ, जसमा दैनिक २० लाख मानिसले अवलोकन गर्ने गर्दछन् । त्यस्तै, १६ दिनसम्म चल्ने जर्मनीको अक्टोबर फेस्टमा करिब ७० लाख मानिस सहभागी हुने गरेको रेकर्ड कायम छ ।
तर, महाकुम्भमा ३३ दिनमा ५० करोडभन्दा बढी भक्तजनले स्नान गरेका छन् । यो इतिहासमा रेकर्ड गरिएको सबैभन्दा ठूलो उपस्थितिको घटनाको रूपमा उल्लेख भएको छ ।
शनिबार र आइतबार पनि ठूलो भीड हुनसक्ने प्रशासनको अनुमान गरेका छन । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि लखनउमा बैठक गरेर वरिष्ठ अधिकारी आफै सडकमा उत्रिएर हरेक तहमा जवाफदेहिता कायम गर्न निर्देशन दिइसकेका छन ।
मुख्यमन्त्री योगीले प्रयागराज महाकुम्भ जाने बाटोमा कतै पनि जाम नहुने बताएका छन् । ‘भक्तजनलाई कुनै समस्या नपरोस, जाम भयो भने त्यहाँका पदाधिकारीको जवाफदेही हुनेछन्’ उनले भने ।
उता, कांग्रेस सांसद राहुल गान्धी र प्रियंका गान्धीले फेब्रुअरी १६ मा महाकुम्भमा डुब्ने भएका छन्। कांग्रेस स्रोतका अनुसार उनको आगमनको कार्यक्रम लगभग टुङ्गिएको छ, तयारी भैरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया