काठमाडौँ – शर्लिन चोपडा बलिउडकी ग्ल्यामरस नायिका मध्ये एक हुन्, जसले हिजो मात्रै आफ्नो जन्मदिन मनाइएकी थिइन् ।शर्लिन प्रायः सामाजिक सञ्जालमा अनौठो पोशाकमा देखिने गर्छिन् ।
जतिसुकै ग्ल्यामरस भएपनि शर्लिनले बलिउडमा भने त्यो स्थान पाउन अझै सकेकी छैनन् । हो, तर उनी प्राय सार्वजनिक स्थानमा देखिदै आएकी छिन् । शर्लिनको वास्तविक नाम मोना चोपडा हो । सन् २००५ मा फिल्म ‘टाइमपास’ मार्फत बलिउडमा डेब्यु गरेकी यी अभिनेत्री त्यसपछि स–साना भूमिकामा मात्रै देखिएकी थिइन् ।
जब शर्लिनले बलिउडमा फिल्म आउन बन्द गरे, उनले अर्को दिमाग लगाइन । शर्लिन चोपडा ह्युग हेफनरको एडल्ट म्यागजिन ‘प्लेब्वाई’ का लागि फोटोसुट गर्ने पहिलो भारतीय बन्न पुगिन् । यो फोटोसुटका लागि उनी लस एन्जलस गएकी थिइन् र त्यहाँ केही दिन ह्युग हेफनरको बंगलामा पनि बसेकी थिइन् ।
शर्लिन चोपडाले सन् २०१२ मा अन्तर्राष्ट्रिय ‘प्लेब्वाई’ का लागि एडल्ट फोटोसुट गराएकी थिइन् । जसपछि उनी थप चर्चामा आइन् । उनले एउटा म्यागजिनसँगको अन्तर्वार्ताका क्रममा यसो गर्ने पहिलो भारतीय महिला भएकोमा आफुले गर्व महसुस गरेकोसमेत बताएकी पनि थिइन ।
यस बाहेक शर्लिनले सन् २०१३ मा भएको ६६ औं कान्स इन्टरनेशनल फिल्म फेस्टिभलमा पनि आफ्नो जादू देखाएकी थिइन् । उनी आफ्नो फिल्म ‘कामसूत्र थ्रीडी’ को प्रमोशनका लागि त्यहाँ पुगेकी थिइन् । त्यस समयमा शर्लिनले अफ हाइट लेहेंगामा प्रवेश गरेर सबैलाई चकित पारिन् र कहिलेकाहीं फुल स्लिभ्स पारदर्शी पोशाकमा आफ्नो सिग्नेचर स्टाइल देखाइन्।
शर्लिन चोपडाले आफ्नो बारेमा खुलासा गरेकी थिइन् कि उनको किशोरावस्थामा कुनै केटाले उनलाई हेर्न मन पराउँदैन थिए । जसका कारण उनलाई पार्टी र घुम्न जान पनि मन लाग्दैनथ्यो ।
उनी आफ्नै एकल संसारमा हराएकी थिइन् तर जब १५ वर्षको उमेरमा उनले मेकओभर गर्ने निर्णय गरिन् र आफूलाई आधुनिक बनाउन कुनै कसर बाँकी नराखिन् ।अभिनेत्रीले आफ्नो शरीर र फेसन स्टाइलमा पनि कडा मेहनत गर्न थालिन । उनी ‘बिग बोस सिजन ३’ मा पनि देखिएकी छिन् । यस शोमा उनले विद्या बालनसँग भावुक दृश्य दिन चाहेको बताएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया