मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टि-ब्यागको चिया खानेलाई क्यान्सारको जोखिम बढी

काठमाडौँ – अहिलेको समयमा ‘टी ब्याग’ को चलन निकै बढेको छ । सामान्य चियापसल देखि होटलसम्म सबै ठाउँमा टि ब्यागबाट चिया दिने गरिएको छ । तर, भर्खरैको अनुसन्धानले पत्ता लगाएको छ कि टि ब्यागमा लाखौं हानिकारक माइक्रो प्लास्टिकहरू हुन्छन्, जसले क्यान्सरको जोखिम निम्त्याउँने देखिएको छ ।

यसले हाम्रो स्वास्थ्यलाई मात्र हानि पुर्‍याउँछ। यसले धेरै प्रकारका रोगहरूलाई निम्तो पनि दिने गरिएको छ । स्पेनमा हालै गरिएको एक अनुसन्धानले पत्ता लगाएको छ कि यी ट चिया झोलाको बाहिरी तह बनाउन प्रायः पोलिएस्टर नामक सामग्री प्रयोग गरिन्छ। जब यसलाई तातो पानीमा राखिन्छ, ठूलो मात्रामा माइक्रोप्लास्टिक र नानोप्लास्टिक्स ‘प्लास्टिकको धेरै सानो टुक्रा’ र रेशायुक्त संरचनाहरू निस्किन्छन्। जो हाम्रो शरीरका लागि निकै हानिकारक हुन्छन् ।

आजको व्यस्त जीवनमा मानिससँग समय कम छ । यस्तो अवस्थामा मानिसहरु आफूसँग रेडिमेड चिया अर्थात टि ब्याग राख्छन् ताकि उनीहरुलाई आवश्यक पर्ने ठाउँमा चिया पिउन सकून् ।

टि ब्यागको अत्याधिक सेवन हानिकारक हुनसक्छ किनभने यसमा पाइने ट्यानिन्स एन्टी–एब्जर्बेन्ट र एन्टी–पोषक तत्व हुन्छन्। जसले धेरै पोषक तत्वहरूलाई अवशोषित हुन दिँदैन। यसबाहेक, टि ब्यागको प्रयोगका कारण यसमा रहेको माइक्रोप्लास्टिक हाम्रो शरीरको आन्द्रामा पुगेर हानि पु¥याउन सक्छ । साथै, यसले स्मरणशक्तिमा पनि ठूलो प्रभाव पार्छ ।

बार्सिलोनाको अटोनोमस युनिभर्सिटीका शोधकर्ताहरूका अनुसार यी कणहरू हाम्रो आन्द्राका कोशिकाहरूमा प्रवेश गर्छन् र त्यहाँबाट हाम्रो रगतमा प्रवेश गरी शरीरभर फैलिन्छन्। अन्वेषकहरूले बजारमा उपलब्ध विभिन्न प्रकारका टि ब्यागहरू जाँच गर्दा तिनीहरूले माइक्रोप्लास्टिक र नानोप्लास्टिकहरू जस्तै नायलन–६, पोलीप्रोपाइलिन र सेल्युलोज फेला पारेका थिए । जो हाम्रो शरिरका लागि उपयुक्त छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?