मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अन्तिम खेलमा पनि नेपाल पराजित, थाइल्याण्ड च्याम्पियन

काठमाडौँ – अन्तिम खेलमा पनि नेपाललाई पराजित हुन पुगेको छ । साथै, ७ विकेटले नेपाललाइ हराउँदै थाइल्यान्डले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखला २०२५ को उपाधि जितेको छ ।

त्रिपल राउन्ड रोविन पद्धत्तिमा खेलाइएको शृंखलामा नेदरल्यान्ड्सलाई २ अंकले पछि पादै थाइल्यान्ड च्याम्पियन बनेको हो । नेपालविरुद्ध क्लिन स्विप गरेको थाइल्यान्डले ६ खेलमा १० अंक जोड्न सफल भयो । नेपाल भने जितविहीन रहँदै शृंखलाको अन्त्य गर्न बिबश भएको छ ।

शुक्रबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ८३ रनको झिनो लक्ष्य थाइल्यान्डले १७ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको हो ।

थाइल्यान्डको जितमा कप्तान नरुएमोल चाइवाइले ३४ बलमा दुई चौकासहित सर्वाधिक २७ रन बनाइन् भने नन्नापाट कान्चोरोएनकाईले २३ रन जोड्दा ओपनर नटया बूचाथमले ११ रनको योगदान गरेकी थिइन् ।

नेपालका लागि कप्तान इन्दु वर्माले दुई तथा पूजा महतोले एक विकेट लिइन् । त्यसअघि टस जितेर ब्याटिङको निर्णय लिएको नेपालले २० ओभरको समाप्तिमा सात विकेट गुमाउँदै ८१ रनको योगफल मात्रै खडा गरेको थियो । नेपालले भने कुनै पनि खेल नजिति पराजय हुन पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?