मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चर्चित गायक जस्टिन बिबरको सबन्धमा दरार

काठमाडौँ – आफ्नो गीतले पुरै विश्वलाई पागल बनाएका चर्चित गायक जस्टिन बिबरको व्यक्तिगत जीवनमा सबै कुरा ठीक छैन । केही मिडिया पोर्टलहरूले दावी गरेका छन् कि जस्टिनले आफ्नी पत्नी हेली बाल्डविनसँग सम्बन्धविच्छेद गर्न खोजिरहेका छन । वास्तवमा दुवैले ७ वर्षअघि अर्थात २०१८ मा विवाह गरेका थिए ।

६ महिना अघि मात्रै हेलीले छोरा ज्याक ब्लुज बिबरलाई जन्म दिएकी थिइन् र अहिले छोराको जन्म भएको केही महिनापछि नै उनीहरुको सम्बन्धविच्छेदको खबर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यद्यपि, जस्टिन वा हेलीबाट यसबारे कुनै पुष्टि भएको छैन।

जानकारीका अनुसार हेलीसँग अलग हुनु जस्टिनका लागि निकै महँगो साबित हुन सक्छ । किनभने हेलीले उनीबाट ३०० मिलियन डलर भागमा लिन सक्ने जनाइएको छ ।

डिभोर्सको निर्णय हेलीले लिएको पनि रिपोर्टमा लेखिएको छ । किनभने उनी जस्टिनको बानीबाट निकै चिन्तित र हैरान छिन् । जस्टिनलाई ड्रग्सको बानी छ, उनले हेलीसँग बिहे गर्दा आफ्नी श्रीमतीलाई ड्रग्सबाट टाढा रहने आश्वासन दिएका थिए तर जस्टिनले आफ्नो वाचा तोडेका छन् । उनको यो बानीले हेलीलाई विचलित बनाइरहेको छ ।

हेलीले रक्सी खाएको जस्टिनको व्यवहार मन पराउँदैनन्। उनी आफ्नो सन्तानको भविष्यलाई लिएर चिन्तित छिन् । जस्टिनको बानीलाई ध्यानमा राख्दै हेलीले आफ्नो बच्चाको पूर्ण हेरचाहका लागि आवेदन दिन सक्छिन्। यही कारण उनीहरुको तर्फबाट ठूलो रकमको माग भइरहेको छ ।

हेली र जस्टिनले सन् २०१५ अर्थात् १० वर्षअघि एक अर्कालाई डेट गर्न थालेका थिए । त्यतिबेला जस्टिन २१ वर्ष र हेली १९ वर्षकी थिइन् । तर, सुरुमा यो सम्बन्ध लामो समय टिक्न सकेन । एक वर्ष एक अर्कालाई डेट गरेपछि उनीहरुको ब्रेकअप भएको थियो ।

तर, केही वर्षपछि दुवैले एक अर्कालाई फेरि भेटे र दुवैले आफू एक अर्काका लागि बनेका हुन् भन्ने कुरामा विश्वस्त भए र त्यसपछि जस्टिन–हेलीले विवाह गरेका थिए । जुन सबन्धमा अहिले दरार उत्पन्न भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?