मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अदालतमा उपस्थित नभए कंगनाविरुद्ध पक्राउ पुर्जी जारी गर्न सकिने

काठमाडौँ – जावेद अख्तरको मानहानि मुद्दामा कंगना रनौतको समस्या बढ्दै गएको देखिन्छ । मुम्बई अदालतबाट अभिनेत्रीलाई गैर जमानती वारेन्ट पठाउन सकिने जनाएको छ । उनी पक्राउ गर्न सकिने भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

यसअघि अदालतले कंगनालाई मुद्दाको सुनुवाइमा उपस्थित हुने अन्तिम मौका दिएको थियो । अदालतले कंगना रनौत अझै पनि अदालतमा नआएमा उनलाई गैर जमानती वारेन्ट पठाइने स्पष्ट पारेको छ ।

कंगना रनौत जावेद अख्तरसँग लामो समयदेखि चलिरहेको मानहानि मुद्दालाई समाधान गर्न मध्यस्थता बैठकमा सहभागी भएकी छैनन् । यस्तो अवस्थामा हालै मुम्बईको एक अदालतले अभिनेत्री विरुद्ध गैर जमानती वारेन्ट जारी गर्नु अघि अन्तिम मौका दिएको छ । कंगनाका वकिल रिजवान सिद्दिकीले बान्द्रा अदालतलाई भने कि उनी संसदको काममा व्यस्त थिइन र जसका कारण सुनुवाईमा उपस्थित हुन नसकेकी हुन् ।

कंगना रनौत सुनुवाईमा उपस्थित नभएको कारण जावेत अख्तरका वकिल जय के भारद्वाजले निवेदन दिएका थिए । कंगना रनौत विरुद्ध गैर जमानती वारेन्ट जारी गर्न माग गरिएको थियो । भारद्वाजले करिब ४० वटा पेशीमा अदालतको सुनुवाइमा अभिनेत्री उपस्थित नभएको दावी गरेका थिए ।

अदालतले कंगना रनौतका वकिललाई निवेदनको जवाफ पेश गर्न निर्देशन दिएको छ तर वकिलले गैर जमानती वारेन्टको विरोध गरेका छन् । यस्तो अवस्थामा मजिस्ट्रेटले अभिनेत्रीलाई अन्तिम मौका दिने निर्णय गरेका हुन ।

मार्च २०१६ मा जावेद अख्तरको घरमा बैठक भएको थियो । यसै क्रममा कंगना रनौत र ऋतिक रोशन इमेलका कारण चर्चामा थिए । रोशन परिवारका नजिकका जावेद अख्तरले कंगनासँग भेटघाट गर्ने जिम्मेवारी लिए र अभिनेत्रीलाई रोशनसँग माफी माग्न भनेका थिए ।

त्यसबेला कंगनाले कुनै जवाफ दिएकी थिइनन् तर २०२० मा सुशान्त सिंह राजपुतको कथित आत्महत्यापछि अभिनेत्रीले एक अन्तर्वार्तामा जावेद अख्तरसँगको २०१६ मा भएको भेटको उल्लेख गरेकी थिइन् । यस क्रममा जावेद अख्तरले कंगनाबाट अपमानजनक शब्द पाए र उनले अभिनेत्री विरुद्ध मानहानीको मुद्दा दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?