मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

स्वास्थ्य

भित्री वस्त्र किन दिनदिनै फेर्नुपर्छ ?

बाहिर हिँड्दा होस् या घरभित्र बस्दा नै किन नहोस्, हामीले लगाउने कपडाले शरीरमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । त्यसमाथि पनि भित्री वस्त्र अझ बढी संवेदनशील हुन्छ । बाहिरी रूपमा सजिएर कपडा लगाए पनि भित्री वस्त्र लगाउने गरिन्छ ।

भित्री वस्त्रमा सहजै हावा नजाने भएकाले गर्दा छिटो फोहोर हुने सम्भावना हुन्छ । कतिपयले त भित्री वस्त्रको प्रयोग गर्न झण्झट मान्ने गरेका पनि छन् । कतिपयमा जनचेतनाको कमीले गर्दा एउटै वस्त्र लामो समयसम्म लगाइरहने गरेको पनि पाइन्छ । तर, चिकित्सकहरू भने त्यसो गर्न नहुने तर्क गर्छन् ।

स्वास्थ्य विज्ञहरुका अनुसार भित्री वस्त्रहरु फोहोर भएकै कारण विभिन्न रोगहरु लाग्न सक्छन् । जुन कुराको हेक्का हामीले राखेकै हुँदैनौं ।

खासमा ‘भित्री वस्त्रहरु फोहोर लगाउँदा के हुन्छ, यो कति समयमा फेर्नुपर्छ, फोहोर वस्त्रकै कारण के कस्ता समस्याहरु निम्तन्छन्’ भन्ने सन्दर्भमा सिभिल अस्पतालमा कार्यरत गाइनोकोलोजिष्ट डा. रीमा महर्जनसँग जोय नेपालका लागि सुस्मिता फुयाँलले गरेको कुराकानी: 

के भित्री वस्त्रकै कारण यौनाङ्गमा समस्या हुन्छ ?

भित्री वस्त्रकै कारण यौनाङ्गमा समस्या हुने भन्ने होइन । तर तपाईंले कस्तो भित्री वस्त्र कसरी प्रयोग गरिरहनुभएको छ भन्नेकुरा मुख्य रहन्छ । यसकारण एउटै अर्थात् फोहोर भित्री वस्त्र लगाइरहनु हुँदैन । यदि फोहोर भित्री वस्त्र निरन्तर लगायौं भने यहिबाट धेरै समस्याहरु निम्तन सक्छन् ।

किन भित्री वस्त्र दैनिक फेर्नुपर्छ ?

दैनिक रुपमा भित्री वस्त्र फेर्दा यौनाङ्गमा समस्या हुन पाउँदैन । भित्री वस्त्रमा धेरै कुराहरु डिस्चार्ज हुन्छन् । जस्तैः पिसाब फेरेपछि हामी अधिकांशले यौनाङ्ग पखाल्दैनौं । यसकारण पिसाब फेरेपश्चात् पिसाबका ड्रप्सहरु पेन्टीमै डिस्चार्ज हुन्छन् । यसैगरी दिसा गरेपछि दिसाका कणहरु पनि लाग्नसक्छन् । कतिपयलाई सेतोपानी बग्ने समस्या हुन्छ । अर्को हामीले बुझ्नुपर्ने विषय के छ भने महिनावारी भएको १० देखि १५–१६ दिनमा हाम्रो अण्डा ओभुलेसन हुने हुँदा यो समयमा यौनाङ्गबाट अझ बढी फोहोरहरु डिस्चार्ज हुन्छन् । यसकारण यो समयमा दिनमा २ वटा पेन्टी फेर्नुपर्ने पनि अवस्था हुनसक्छ । यसकारण यौन रोगहरुबाट बच्न पनि दिनहुँ भित्री वस्त्र परिवर्तन गर्नुपर्छ ।

चिसो भित्री वस्त्र लगाउँदा यौनाङ्गमा असर पर्छ या पर्दैन ?

हाम्रो घरको भित्तामा पानी चुहिएको छ भने त्यहाँ ढुसी पलाउँछ । त्यस्तै, हामीले चिसो भित्री कपडा लगायौँ भने यौनाङ्गमा फङ्गल इन्फेक्सन हुनसक्छ । यसकारण मज्जाले ड्राइ भएको कपडा मात्रै लगाउने गर्नुपर्छ ।

भित्री वस्त्र घाममा सुकाएर मात्रै लगाउनुपर्छ भनेर धेरैले भनेको सुनिन्छ । के अण्डरगारमेन्टहरु घाममा सुकाएर मात्रै प्रयोग गर्नुपर्छ हो ?

घाममै सुकाउनुपर्छ भन्ने होइन । तर मज्जाले सुकेको पेन्टीहरुको मात्रै प्रयोग गर्नुपर्छ । चिसो लगाउनु हुँदैन भन्ने हो ।

हामीले लामो समयसम्म एउटै भित्री वस्त्र धुँदै लगाउर्ने गर्छौं । एउटा नयाँ भित्री वस्त्र कति समयसम्म मात्रै प्रयोग गर्नु स्वस्थकर मानिन्छ ?

यति समय लगाएपछि भित्रिवस्त्र फाल्नुपर्छ लगाउनै हुँदैन भन्ने त्यस्तो समयाअवधि छैन । तर सकेसम्म लामो समय प्रयोग नगर्दा हुन्छ । हाम्रो यौनाङ्गबाट बग्ने फोहोरहरु, सेतोपानीमा यासिड भन्ने कन्टेन्ट हुन्छ । जसले कपडाको रङ नै खुइलाइदिने हुन्छ । यसकारण प्रायः भित्री वस्त्रहरु छिट्टै नै पुरानो हुन्छन् । सबैभन्दा मुख्य कुरा सफा र सुकेको हुनुपर्छ । हामीले सकेसम्म कटन र सुती कपडाको भित्री वस्त्रहरु प्रयोग गर्नुपर्छ । यस्तो कपडा अन्य कपडाको तुलनामा छिटो सुक्ने पनि हुन्छ ।

राती सुत्ने समयमा भित्री कपडाहरु खोलेर सुत्नु स्वस्थकर हो भन्ने आम बुझाइ छ । यसबारे प्रष्ट बनाइ दिनुहोस् न ।

भित्री कपडा खोलेर सुत्नु स्वस्थकर भन्दापनि राति कसिलो कपडा लगाएर सुत्नुहुँदैन । टाइट अण्डरवेयरहरु लगाएर सुत्दा यौनाङ्ग रातभर गुम्सिएर फोहोर दुर्गन्ध आउने समस्या झन बढ्छ । यसकारण कसिलो कपडाको प्रयोग लामो समयको लागि विलकुल नगर्नुहोस् ।

भित्री वस्त्र छनौट गर्दा र लगाउँदा के–कस्ता कुराहरुमा ध्यान दिनुपर्छ ?

यौनाङ्गबाट फोहोर पानी धेरै बग्यो, दुर्गन्धित, इन्फेक्सन, इचिङको समस्या भयो भन्दै धेरै किशोरीहरु आउनुहुन्छ । उहाँहरुलाई म पहिलो प्रश्न पेन्टी कति समयमा परिवर्तन गर्नुहुन्छ भनेर सोध्छु । यसमा धेरैले हप्तामा २ दिन नुहाउने समयमा बदल्छु भन्नुहुन्छ । किशोरीहरुको मुख्य समस्या यहि छ । दिनमा एकपटक पेन्टी परिवर्तन गर्नुभयो भने यस्ता समस्याहरुबाट राहत मिल्छ । चिसो राम्ररी नसुकेको अण्डरवेयरहरु प्रयोग गर्दै नगर्दा स्वास्थ्यका लागि निकै राम्रो हुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?