मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गर्भवती तथा सुत्केरीको पोषणलाई ध्यानमा राख्दै कुखुरा वितरण

भोजपुर – जिल्लाको पौवादुङमा गाउँपालिकाले ‘आफैँ पाल्दै, आफैँ खादै’ कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरीलाई कुखुरा वितरण गरेको छ  । गर्भवती तथा सुत्केरीको पोषणलाई ध्यानमा राख्दै गाउँपालिकाले कुखुरा वितरण गरेको जनाएको छ । 

कार्यक्रम अन्तर्गत पौवादुङमाका छ वटै वडामा रहेका गर्भवती तथा सुत्केरीलाई एक/एक वटा भाले, दुई वटा पोथी कुखुरा वितरण गर्दै आइएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । वितरण गरिएको कुखुरा पालेर उनीहरुले आवश्यक रुपमा अण्डा, मासुको रुपमा प्रयोग गर्न सक्ने अध्यक्ष राईको भनाइ छ । 

गाउँपालिकाले सुत्केरी, गर्भवती र नवजात शिशुको स्वास्थ्यलाई लक्षित गरेर यो कार्यक्रम नियमित रुपमा सञ्चालन गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए । 

कार्यक्रमअन्तर्गत वर्षमा एकपटक कुखुरा वितरण गरिेने गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताए । वितरण गरिएको पोथी भने उनीहरुले दुई वर्षसम्म पाल्नुपर्ने नियम छ । गर्भवतीले प्रत्येक पटक स्वास्थ्य संस्थामा जाँच गराएवापत एक क्यारेट अण्डासमेत वितरण भइरहेको उपाध्यक्ष राईले बताए। कार्यक्रमअन्तर्गत सोमबार पौवादुङमा पाँच सानोदुम्माका १२ जना गर्भवती तथा सुत्केरीलाई एक÷एक वटा भाले र दुई वटा अण्डा दिने पोथी वितरण गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?