काठमाडौँ– आज नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ६२ हजार ८०० कायम भएको जनाएको छ । आज सुन अघिल्लो दिनको तुलनामा स्थिर रहेको हो ।
यस्तै आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला रु पाँचले घटेर एक हजार नौ सय १० मा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया