मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौँ– नेको इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले फागुन ८ गतेदेखि ४ः१ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।

जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ५० करोड ३० लाख ९० हजार १५५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ ।

यसको हकप्रद सेयरमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ । यस हकप्रदमा बिक्री प्रबन्धक सानिमा क्यापिटल नक्साल काठमाडौं र नेको इन्सुरेन्सको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।

उक्त हकप्रद सेयरको लागि यसले माघ १८ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, माघ १५ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । एनएलजी इन्स्योरेन्सले जारी गर्न लागेको हकप्रद सेयरमा लगानीकर्ताले फागुन २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?