मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हड्डी बलियो बनाउन के खाने ?

काठमाडौँ- हामी स्वस्थ रहन हाम्रो शरीरका हड्डीहरु पनि मजबुत र स्वस्थ रहन आवश्यक छ । यदि हाम्रो शरीरको हड्डीमा समस्या आयो, मजबुत भएन भने विभिन्न रोगहरु पनि लाग्नसक्छ । हड्डीले मानिसको शारीरिक संरचना साथै शरीरलाई सन्तुलित गर्ने काम गर्दछ । यसको खराबीबाट विभिन्न किसिमका समस्या उत्पन्न हुन सक्छन् ।

खानपानमा हेलचेक्राइँ गर्दा हड्डी स्वस्थ र मजबुत हुन सक्दैन । त्यसैले हड्डी बलियो बनाउन शारीरिक व्यायामसँगै विशेषगरी खानेकुरामा ध्यान दिनुपर्छ ।

आज हामी हाम्रो शरीरका हड्डीहरु स्वस्थ र बलियो बनाउनका निमित्त कस्तो खानपान गर्ने भन्ने सन्र्दभमा जानकारी गराउँछौ ।

पनीर
पनीर हड्डीका लागि लाभदायक हुन्छ । यसमा क्याल्सियम र फस्फोरस पाइन्छ । यसको नियमित सेवनबाट हड्डीलाई मजबुत बनाउन मद्दत पुग्छ ।

ओखर
ओखरको भित्री बनावट मस्तिष्कको जस्तै हुन्छ । यसले विशेषगरी मस्तिष्कलाई नै फाइदा गराउने विज्ञहरूको भनाइ रहेको छ । यसमा प्रोटिन, क्याल्सियम, फस्फोरस तथा भिटामिन पाउने भएकाले यसको सेवन निकै प्रभावकारी मानिन्छ ।

बदाम
बदाममा प्रोटिन, भिटामिन ई, ओमेगा थ्री, फाइबर तथा एन्टी–अक्सिडेन्ट प्रशस्त मात्र पाइन्छ । यसका साथै यसमा फस्फोरस एवम् क्याल्सियम पाइन्छ । क्याल्सियम हड्डीका लागि लाभदायक हुन्छ ।

भटमास
भटमास पोषण तत्वको भण्डार हो । यसमा क्याल्सियम, फाइबर, भिटामिन ई, प्रोटिन लगायतका पोषण तत्व पाइन्छ । यसले हड्डीको विकासमा मद्दत पुग्नुका साथै यसलाई मजबुत गराउँछ ।

अण्डा
हड्डीमा प्रोटिनको कमी हुँदा यसको विकासमा बाधा पर्छ । अण्डामा भरपुर मात्रामा प्रोटिन हुने भएकाले हड्डीको विकासमा यसले महत्वपूर्ण सघाउ पु¥याउँछ । अण्डामा प्रोटिन मात्र नभएर अन्य पोषण तत्व पाइन्छ । अण्डा उमालेर वा अमलेट बनाएर पनि खान सकिन्छ ।

दूध
दूधबाट क्याल्सियमको मात्रा पाइन्छ । यसले हड्डीलाई बलियो बनाउँछ । त्यसैले दूधको नियमित सेवनले हड्डी मात्र नभएर समग्र स्वास्थ्यमा निकै फाइदा गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?