मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

महाकुम्भकी भाइरल मोनालिसाले फिल्म खेल्ने, पारिश्रमिक कति ?

काठमाडौँ- भारतको प्रयागराजमा जारी महाकुम्भ २०२५ यतिबेला निकै चर्चामा रहेको छ । महाकुम्भका धेरै भिडियो र रिल्सहरू भाइरल भइरहेका छन् । पछिल्लो समय एक युवती आफ्नो आँखाका कारण निकै चर्चामा छिन्, यी युवतीको नाम हो– मोनालिसा ।

उनी अब अभिनेत्री बन्न लागेकी छिन् । हो, मोनालिसा चाँडै नै बलिउड फिल्ममा देखिदै छिन् । उनको फिल्मको नाम ‘डायरी अफ मणिपुर’ हो । अहिले यो फिल्मबाट मोनालिसाले पनि राम्रो पारिश्रमिक लिएकी छिन् । 

एनडीटीभीका अनुसार मोनालिसाले फिल्म ‘डायरी अफ मणिपुर’ का लागि २१ लाख भारु पारिश्रमिक लिएकी छिन् । त्यसमध्ये उनलाई १ लाख रुपैयाँ हस्ताक्षर रकम दिइएको छ । आफ्नो जादुमयी आँखा र मनमोहक मुस्कानका कारण महाकुम्भमा भाइरल भएकी मोनालिसा अहिले आफ्नो घर अर्थात् मध्य प्रदेशको महेश्वर फर्किएकी छिन् ।

उनी पूरै महाकुंभको समयमा प्रयागराजमा बसेर रुद्राक्ष माला बेच्ने गर्थिन् तर १५ दिनभित्रै महाकुम्भ छाड्नु परेको थियो किनभने भाइरल भएका कारण उनले न माला बेच्ने काम राम्ररी गर्न सकेकी थिइन्, न आरामको सास नै फेर्न सकेकी थिइन् ।

निर्देशक सनोज मिश्रले  मोनालिसाको गाउँ पुगेर आफ्नो फिल्म ‘डायरी अफ मणिपुर’मा उनीसँग साइन गराएका छन् । यस फिल्ममा मोनालिसा मुख्य भूमिकामा देखिने छिन् । फिल्मको छायांकन अघि उनलाई मुम्बईमा अभिनयको तालिम पनि दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?