काठमाडौँ– पछिल्लो समय बजारमा निकै रुचाइएको फल हो एभोकाडो । यो पोषिलो एवम् स्वस्थवर्दक फल हो ।
स्वादको हिसाबले कुरा गर्ने हो भने यो अन्य फलसरह ट्वाक्क स्वादिलो हुँदैन । यद्यपि सेवन गर्दै जाँदा बानी पर्छ । एभोकाडो पोषक तत्वले भरिपूर्ण छ र धेरै समस्याहरूको लागि रामवाण उपाय मानिन्छ ।
यही कारणले गर्दा मानिसहरूले यसलाई आफ्नो आहारको हिस्सा बनाएका छन् । यो एक सुपरफुड हो, जसले धेरै फाइदा पु¥याउँछ । यो फलले तपाईँको मुटुलाई स्वस्थ बनाउनुका साथै खराब कोलेस्ट्रोल घटाउन पनि काम गर्छ ।
यति मात्र होइन, स्वास्थ्यका साथसाथै छाला र आँखाको स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । तर हरेक कुराका दुईवटा पक्ष हुन्छन् । यदि एभोकाडोका फाइदाहरू छन् भने, यसका केही बेफाइदाहरू पनि छन् ।
कहिलेकाहीँ यसलाई अत्यधिक मात्रामा खाँदा धेरै प्रकारका हानी हुन सक्छ । केही व्यक्तिहरू छन्, जसले यसलाई गल्तीले पनि खानु हुँदैन, अन्यथा यसले माइग्रेन, एलर्जी, ग्यास्ट्रोइंटेस्टाइनल समस्या आदि हुन सक्छ ।
तौल वृद्धि
यदि तपाईँ आफ्नो तौललाई लिएर प्रायः चिन्तित हुनुहुन्छ र यसलाई कायम राख्न चाहनुहुन्छ भने भूलवश पनि एभोकाडो नखानुहोस् । वास्तवमा, यो फल पौष्टिक हुनुका साथै क्यालोरीमा पनि प्रशस्त हुन्छ, जसका कारण यसलाई बढी खाँदा तौल बढ्न सक्छ ।
माइग्रेन
माइग्रेनको समस्या भएका मानिसहरूले सकेसम्म एभोकाडोबाट टाढा रहनुपर्छ । यसले केही व्यक्तिहरूमा माइग्रेन ट्रिगर गर्न सक्छ, टाउको दुखाइ, वाकवाकी, बान्ताजस्ता समस्या हुन सक्छ ।
गर्भावस्थाको समयमा
गर्भावस्थाको समयमा यो सामान्यतया सुरक्षित छ, तर केही महिलाहरूले यसको सेवनको कारण पाचन समस्या वा पेट दुख्ने अनुभव गर्न सक्छन् । त्यसैले यसलाई आहारमा समावेश गर्नु अघि, निश्चित रुपमा डाक्टरसँग परामर्श लिनुहोस् ।
एलर्जी
कसै–कसैलाई एभोकाडोबाट एलर्जी हुन सक्छ, जसका कारण उनीहरूमा चिलाउने, सुन्निने वा दागहरू आउने जस्ता लक्षणहरू देखा पर्न सक्छन् । तसर्थ यदि तपाईँलाई एलर्जी प्रतिक्रिया छ भने, यसलाई नखानुहोस् ।
पाचन सम्बन्धी समस्या
एभोकाडोमा प्रशस्त मात्रामा फाइबर हुन्छ । यस्तो अवस्थामा पाचन सम्बन्धी समस्या भएका वा पाचन तन्त्र संवेदनशील भएका व्यक्तिले यसलाई खानबाट जोगिनुपर्छ । किनभने यसले पेट फुल्ने, ग्यास हुने वा पेट दुख्ने हुन सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया