काठमाडाैँ- हामीले सारा संसार हेर्ने माध्यम हो आँखा । आँखा बिनाको मानवजीवन हामी कल्पना समेत गर्नसक्दैनौं । मानिसका पाँचवटा इन्द्रियमध्ये आँखा प्रमुख इन्द्रिय हो ।
आँखाको जति महत्व हुन्छ त्यो भन्दा बढी महत्व स्वस्थ आँखाको हुन्छ । हामी आँखाका विषयमा संवेदनशील हुनु आवश्यक छ । आँखा संवेदनशील र सजिलै संक्रमण हुने अंग हो ।
यसलाई धूलो, धूवाँ, भाइरस, ब्याक्टेरिया आदिले सजिलै क्षति पुर्याउन सक्छ । यसकारण आज हामी हाम्रो आँखा स्वस्थ राख्न हामीले कस्तो सावधानी अपनाउनुपर्छ लगायतका विषयमा जानकारी गराउँछौ ।
आँखा स्वस्थ राख्न सहयोग पुग्ने १० उपाय
सन्तुलित पोषण
आँखा स्वच्छ र निरोगी राख्न चाहिने पोषण तत्वमा भिटामिन ‘ए’ महत्वपूर्ण मानिन्छ । भिटामिन ‘ए’ हरियो सागपात पहेलो फलफूलबाट पाउन सकिने हुनाले यसको सेवन आँखाका लागि लाभदायक हुन्छ ।
भिटामिन ‘ए’ रेटिनाका लागि अति आवश्यक तत्व पनि हो । दूध र दूधबाट बनेका पदार्थ र अण्डामा पनि भिटामिन ए र डी पाइन्छ । आँखाको समस्याबाट बच्न प्रशस्त पानी पिउनुपर्छ ।
निद्रा
स्वस्थ र राम्रो आँखाका लागि दिनमा कम्तिमा ८ घन्टा राम्रोसँग निदाउनुपर्छ । पर्याप्त मात्रामा निद्रा पुगेन भने आँखा दुख्ने रातो हुने टाउको दुख्ने खालका समस्याहरु देखा पर्न सक्छन् । जसले गर्दा असहज अवस्था आउँछ ।
व्यायाम
नियमित व्यायाम गर्नाले शरीर फुर्तिलो हुन्छ । आँखा स्वस्थ हुनका लागि शरीर पनि स्वस्थ हुन जरुरी हुन्छ । शारीरिक व्यायामका साथै आँखाका पनि व्यायामहरु हुन्छन् । नियमित रुपमा व्यायाम गर्ने बानी गर्नाले शरीरमा स्फुर्ती प्रदान हुने र आँखा पनि स्वस्थ हुन्छ ।
नियमित रुपमा हातमुख धुने
हाम्रो हातमा आँखाले नदेखिने खालका विभिन्न किसिमका रोगका किटाणुहरु टासिएर रहेका हुन्छन् । हामीले बारम्बार हाम्रो हातले अनुहार तथा आँखा छुने गर्दछौं । जसले गर्दा हातमा रहेका किटाणुहरु अनुहार र आँखा सम्म पुग्ने गर्दछन् । ति किटाणुहरुले आँखामा संक्रमण गराइ आँखा खराब हुन सक्छ । त्यसैले नियमित रुपमा आँखा र हात मुख धुने गर्नु पर्दछ ।
नियमित रुपमा आँखा जाँच गर्ने
कतिपय व्यक्ति यस्ता पनि भेटिन्छन्, जसले कहिल्यै पनि आँखाको जाँच गराएका हुँदैनन् । जब समस्या आइपर्छ अनि मात्र उनीहरु आँखा अस्पताल पुग्ने गरेको पाइन्छ । भविष्यमा आउन सक्ने खतराबाट सचेत हुनका लागि आँखामा केही नभए पनि वर्षम्म कम्तीमा एक पटक आँखाको जाँच गराउनुपर्छ ।
२०–२०–२० को नियमको पालना गर्ने
टेलिभिजन, ल्यापटप, मोबाइलजस्ता उपकरणहरु हेर्दा वा लामो समयसम्म काम गर्दा यसको विद्युतीय प्रभाव र एकनासको हेराइले आँखामा दबाब पर्छ । जसले गर्दा आँखाको हेराइ कमजोर हुने, आफैं आँसु झर्ने, आँखा पोल्ने जस्ता समस्या देखापर्छ । यसकारण यस समस्याबाट बच्न छिन छिनमा कम्प्युटरको स्क्रिनबाट बाहिर हेरेर आँखालाई आराम दिनुपर्छ ।
समग्रमा भन्नुपर्द भिजन २०–२०–२०को नियमको पालना गर्नुपर्दछ । सो नियम अनुसार टेलिभिजन, ल्यापटप, मोबाइलजस्ता उपकरणहरु लगातार २० मिनेट हेरिसकेपछि २० सेकेण्डसम्म २० फिट टाढाको दुरी हेर्ने गर्नुपर्दछ र सो कुरालाई पनि भुल्नु हुँदैन ।
स्वस्थ बानी अपनाउने
हरियो तरकारी, माछा आदिबाट आँखालाई चाहिने तत्व प्राप्त गर्न सकिन्छ । साथै नियमित व्यायामले शारीरिक प्रणालीहरुको सञ्चालन सुचारु गराई आँखामा पर्ने चाप कम गर्न सकिन्छ । हरियो सागसब्जी तथा व्यायामले मधुमेहका रोगीहरुको आँखा र स्वास्थ्यमा पनि लाभ पुग्छ ।
समय–समयमा गरिने नियमित जाँचले शरीरमा लागेको रोग छिटो पत्ता लगाउन सकिन्छ । आँखामा केही असर भएको महसुस भएमा तुरुन्त डाक्टरबाट परामर्श लिई उपचारतर्फ लागि हाल्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया