मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

बाल मनोविज्ञान बोकेको ‘सारंग’ माघ २५ बाट दर्शकमाझ आउँदै

काठमाडौँ – बाल मनोविज्ञानमा आधारित रहेर निर्माण भएको चलचित्र ‘सारंग’ प्रदर्शनको संघारमा छ । यहि माघ २५ गतेबाट दर्शकमाझ आउन लागेको चलचित्रको ट्रेलर, टिजरले राम्रो प्रभाव पारिरहँदा सोहि ‘हाइप’लाई हलसम्म तान्न निर्माण टिम अग्रसर छ ।

बदलिँदो नेपाली समाजमा बाबु आमाबीचको मतभेदले बच्चामा पर्ने प्रभाव, बालसगीबीचको प्रेम र बाल मित्रताको समर्पणलाई केन्द्रमा राखेर निर्देशक प्रशान्त तामाङले ‘सारंग’ तयार पारेका छन् । चलचित्रको सार्वजनिक प्रचार सामग्रीहरूले सोहि संकेत गर्छन् । शहरिया जीवनशैलीमा अभ्यस्त परिवारको दैनिकीले बाल मस्तिष्कमा पार्ने असरलाई चलचित्रमा प्रस्तुत गरिएको निर्देशक तामाङ बताउँछन् ।

बाल मनोविज्ञानको अवस्था चलचित्रले बोकेको छ, तर यो भन्दैगर्दा चलचित्र त्यति मात्रै होइन्, निर्देशक तामाङ भन्छन्, चलचित्रमा हुनुपर्ने मनोरञ्जनको पूर्ण प्याकेज सबै पाउनुहुन्छ, प्रेम, रोमान्स, द्वन्द्व र रोदनको समिश्रण ‘सारंग’ हो । बाल मनोविज्ञान, बाल अधिकार, धनी र गरिब परिवारबीचको खाडलको यथार्थता लगायतका पक्षलाई चलचित्रले समेटेको तामाङले बताए ।

चलचित्रमा प्रमुख पात्र रहेका रहेका दुई बाल कलाकार सम्राट थापा र आदित्य कार्कीको टिजर, ट्रेलर र सार्वजनिक गीतमा प्रस्तुत अभिनयले यतिबेला प्रशंसा पाइरहेको छ । यो चलचित्रमा सम्राट र आदित्यसँगै अभिनेत्री ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, बिश्व स्याङ्बो, दीपीका थापा, सुमन सागर जंग केसी, प्रभात श्रेष्ठ प्रमुख अभिनयमा छन् ।

राजधानीमा हालै गरिएको विशेष प्रदर्शनीमा दर्शकले चलचित्रलाई उत्कृष्ट प्रतिक्रिया दिएका छन् । मंगलबार लाबिङ मलमा सम्पन्न प्रिमियरमा अभिनेत्री ऋचा शर्मासहितका कलाकारहरूले सँगै चलचित्र हेरेर दर्शक प्रतिक्रिया लिएका थिए । ऋचाले दर्शकसँग फिल्म हेर्दा आफुले आँशु थाम्न नसकेको बताइन् ।

यो चलचित्र गरिसकेपछि घरमा बच्चासँग चर्को स्वरले बोल्नसम्म छोडेकी छु, ऋचाले भनिन्, ‘बाबुआमाले गर्ने व्यवहारले बालबच्चामा कस्तो असर पार्छ, परिवारले बच्चालाई कस्तो संस्कार सिकाउने त्यो सबै सारंगले बोकेको छ ।’

दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् । पुष्पा लिम्बू र बिनु गुरुङ सह-निर्माता रहेको चलचित्रलाई मित्र डि गुरुङले सम्पादन गरेका छन् । स्टेशन ५ ले वितरण अधिकार लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?