काठमाडौँ– हाम्रो दैनिकीमा हरेक प्रकारका तनावहरु आउँछन् । घरपरिवार, कलेज जीवन, जागीर जस्ता पक्षको तनावहरु हुन्छन् ।
यी मध्ये अधिकाशंलाई हुने तनाव भनेको जागीरको तनाव हो । यहि तनावकै कारण धरै व्यक्तिहरु एनजाइटी, डिप्रेसन जस्ता मनोरोगका सिकार बनिरहेका छन् । यसकारण आज हामी तनाव व्यवस्थापन गर्ने केही टिप्सहरुका विषयमा जानकारी गराउँछौं ।
एक अध्ययनका अनुसार कार्यालय जाने ५ जना मध्ये ४ जना जागिरेलाई तनावका कारण विभिन्न किसिमका स्वास्थ्य समस्याहरु देखिन्छन् । टाउको दुख्ने, पेटमा असहज हुने, अनिन्द्रा हुने, थकाइ लाग्ने जस्ता समस्या जागिरे मानिसहरुलाई देखिने गरेको छ । धेरै मानिसहरु तनावले स्वास्थ्यमा पार्ने नकारात्मक असरबारे जानकार छैनन् ।
काम पछि आराम गर्ने थुप्रै तरिकाहरु छन् यसबारे धेरैलाई थाहा छैन । यी काम गर्नाले कामपछि हुने तनावमा कमी आउनेछ ।
तनाव कम गर्ने उपायहरु
–सन्तुलित खाना खाँदा तनाव कम हुन्छ । फाइबरयुक्त खाना, फलफुल र सागसब्जी खानपर्छ ।
–सङ्गीत सुन्दा पनि तनाव कम भएको महसूस गर्न सकिन्छ । संगीतले मन शान्त हुन्छ । कामपछि आफ्नो मन पर्ने गीत सुन्ने गर्दा पनि मन हलुका हुुन्छ । मनपर्ने गीत सुन्दा तपाईलाई निदाउन मद्धत गर्दछ ।
–लामो सास फेर्ने र ध्यान बस्दा तनावबाट मुक्त हुन सकिन्छ ।
–तातोपानीले नुहाउँदा पनि तनाव कम हुन्छ । तातो पानीले रक्त सञ्चारमा सुधार ल्याउँछ, मांसपेशीलाई आराम गर्न सघाउँछ ।
–काम पछि लेख्ने बानी गर्दा तनाव कम हुन्छ । आफूलाई लागेकोे कुराहरु नोटबुकमा लेख्ने बानी गर्दा पनि केही हदसम्म तनावबाट मुक्ति भइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया