मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सक्रिय जीवनशैली किन आवश्यक छ ?

काठमाडाैँ- शारीरिक गतिविधिमा सक्रिय रहने अर्थात् काममा व्यस्त रहने मानिसहरु काम नगरी घरमै सुतेर बसिरहने मानिसहरुको तुलनामा स्वस्थ हुन्छन् भन्ने कुरा हामीले सुनिरहेकै कुरा हो ।

वास्तवमै चिकित्सकहरु बताउँछन् कि निस्क्रिय मानिसहरुको तुलनामा सक्रिय मानिसहरु निरोगी हुन्छन् । सक्रिय जीवनशैली अपनाउँदा हरेक वर्ष ५० लाख मानिसको ज्यान जोगिने विश्व स्वास्थ्य संठन (डब्लुयूएचओ) ले बताएको छ । यसर्थ सबै उमेर समूहका लागि शारीरिक सक्रियता फाइदाजनक छ ।

वयस्क मानिसहरुले हरेक हप्ता कम्तिमा १५० देखि ३०० मिनेट शारीरिक व्यायाम गर्न अनिवार्य रहेको छ । त्यस्तै, बालबालिका र किशोरावस्थाका व्यक्तिले हरेक दिन एक घण्टा व्यायाम गर्नु उपयुक्त हुने डब्लुयूएचओले बताएको छ ।

डब्लुयूएचओको तथ्यांकअनुसार चार वयस्कमध्ये एक जना र पाँच जना किशोर उमेरका व्यक्तिमध्ये चार जनाले पर्याप्त शारीरिक व्यायाम गरिरहेका छैनन् ।

नियमित शारीरिक व्यायामले मुटुरोग, दोस्रो किसिमको मधुमेह र क्यान्सर लगायतका रोगमा विशेष फाइदा गर्ने बताइएको छ । त्यस्तै, शारीरिक व्यायामले डिप्रेसन भएका बिरामीमा डर हट्दै जाने तथा स्मरणशक्ति बढाउने समेत बताइएको छ ।
अर्को कुरा भनेको स्वस्थ रहन र लामो समयसम्म बाँच्न व्यायामलाई उपनाउन जरुरी छ ।

व्यायामले फिट र सुन्दर मात्र बनाउँदैन, विभिन्न रोगबाट टाढा राख्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यस्तै, धूमपान र मद्यपानबाट टाढा रहँदा कैयौँ शारीरिक खतराबाट टाढा रहन सकिन्छ ।

यस्तो पदार्थको सेवनले पारिवारिक जीवनलाई पनि तनावग्रस्त बनाउँछ र जसले तनाव पनि बढाउँछ । यसैगरी फाइबर, भिटामिन, मिनरल्सयुक्त खानेकुराको सेवन खानामा हुन जरुरी हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?