काठमाडौँ- दक्षिण भारतका सुपरस्टार प्रभास अभिनित कल्कीले बक्स अफिसमा धुम मच्चाएको थियो । अब यो फिल्मको भागः२ सन् २०२६ को अन्त्यमा रिलिज गरिने घोषणा गरिएको छ ।
सैकनिल्कका अनुसार कल्की २८९८ को सिक्वेलको काम अपेक्षा गरेभन्दा छिटो अघि बढिरहेका छन् । भर्खरै, निर्माता अश्विनी दत्तले चलचित्रको छायांकन योजनाहरू खुलासा गरेका छन् भने अब, निर्देशक नाग अश्विनले यसको बारेमा महत्त्वपूर्ण अपडेट प्रदान गरेका छन् ।
हालैको एक अन्तर्वार्तामा निर्देशक नाग अश्विनले कल्कीः २ को स्क्रिप्टको काम सकिएको र फिल्ममा मुख्य भूमिका निभाएका प्रभास, कमल हसन र अमिताभ बच्चनको सुटिङ मिति र समयको पर्खाइमा रहेको बताएका छन् ।
यो फिल्मको सुटिङ यसै बर्षको वर्षबाट मध्यमा सुरु हुने अपेक्षा गरिएको छ। ब्लक बस्टर निर्देशकले छायांकनको प्रगतिका आधारमा कल्कीः २ लाई २०२६ को अन्त्यतिर विश्वभरका सिनेमा हलमा रिलिज गर्ने योजना रहेको पनि जानकारी दिएका छन् ।
फिल्मको केही भागको छायांकन पहिलो फिल्मसँगै भइसकेको निर्माण पक्षले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया