मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रसुवामा निःशुल्क स्वास्थ्य शिविरमा एक सय पाँच महिलाको पाठेघर परीक्षण

रसुवा – रसुवाको स्याफ्रुबेँसीमा आयोजना गरिएको एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरमा एक सय पाँच महिलाको पाठेघर परीक्षण गरिएको छ । लाङटाङ लिरूङ अस्पतालद्वारा आयोजित शिविरमा १२ जनामा पोजेटिभ भेटिएको डा जीवन तामाङले बताए ।

समस्या देखिएका बिरामीलाई आवश्यक परामर्श दिन थालिएको र स्थानीयस्तरमा उपचार हुन नसक्नेलाई जोखिमको अवस्था हेरी बाहिर पठाउन तयार भइरहेको उनले बताए । परीक्षणका लागि स्त्रीरोग विषेशज्ञ डा पुनम लामा खटिएकी थिइन् ।

ग्रामीणवासीलाई लक्षित गरी सञ्चालन गरिएको अस्पतालले हालसम्म एक हजार पाँच सय भन्दाबढीलाई उपचार सेवा प्रदान गरिसकेको डा तामाङले बताए ।

आफूलाई परेको समस्या खुलस्त रूपमा नभन्ने र लाज मानेर अस्पताल नजाने गरेको पाइएकाले महिला चिकित्सकबाटै परामर्श सहितको उपचारसेवा दिने गरिएको अस्पतालले बताएको छ । आफ्नो स्वास्थ्यप्रति सजक रही स्वास्थ्य संस्थामा जान सुझावसमेत दिँदै आइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?