काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेको पहिलो दिन अध्यागमन तथा भन्सार कार्यान्वयन एकाई (आईस) ले ३ सय ८ जना अवैध आप्रवासीलाई पक्राउ गरेको छ ।
न्यूयोर्क पोस्टका अनुसार सीमा सुरक्षा अधिकारी टम होमनले यसबारे जानकारी दिएका हुन् । देशका विभिन्न भागबाट यस्ता अवैध आप्रवासी पक्राउ परेका हुन् । यी गैरकानुनी आप्रवासीहरू अधिकांश अपराधी रहेको जनाइएको छ । तीमध्ये केहीलाई अपहरण, हत्या र बलात्कारको आरोपसमेत रहेको छ।
अध्यागमन अधिकारीहरूले देशका लागि खतरा हुने अवैध आप्रवासीहरूलाई पक्राउ गर्न थालेको होमनले बताएका छन् ।
रिपोर्टका अनुसार ट्रम्पको सपथ लगत्तै अमेरिकाका धेरै राज्यहरूमा छापा मार्ने काम सुरू भइसकेको छ र धेरै आप्रवासीहरूसँग सोधपुछ भइरहेको छ ।
राष्ट्रपति चुनाव जितेको केही दिनपछि ट्रम्पले टम होमनलाई ‘बोर्डर जार’ नियुक्त गरेका थिए । ट्रम्पको शपथको भोलिपल्टदेखि नै कागजातविहीन आप्रवासीहरूको व्यापक राष्ट्रव्यापी खोज र गिरफ्तारी शुरु गर्ने होमनले घोषणा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया