काठमाडौँ – बलिउड अभिनेता सैफ अली खानमाथि भएको चक्कु आक्रमणपछि मुम्बई प्रहरीले अब उनलाई सुरक्षा प्रदान गरेको छ। अभिनेतासँगै उनको सम्पूर्ण परिवारलाई प्रहरी सुरक्षा दिइएको छ।
जनवरी १५ को राति अबेर राति, बान्द्रास्थित उनको घरमा एक चोरले सैफ अली खानमाथि चक्कु प्रहार गरेको थियो। त्यसपछि अभिनेता गम्भीर घाइते भए र उनलाई मुम्बईको लीलावती अस्पतालमा भर्ना गरिएको थियो।
यहाँ डाक्टरहरूले अभिनेताको मेरुदण्डको शल्यक्रिया गरे र चक्कुको साढे दुई इन्चको टुक्रा निकाले। सैफ पाँच दिनसम्म अस्पतालमा भर्ना भए । करिव ६ दिनपछि अभिनेताको अवस्थामा सुधार देखेपछि उनलाई हिजो अस्पतालबाट डिस्चार्ज गरिएको छ। सुटिङ र जिम तत्काल नजान डाक्टहरुले उनलाई सुझाव दिएका छन्, अहिले अभिनेता घरमै आराम गरिरहेका छन् ।
यति ठूलो आक्रमणपछि परिवार डराएको स्रोतले बताएको छ, त्यसैले अनुसन्धान पूरा नभएसम्म परिवारलाई सुरक्षा कवच दिइएको छ। सैफ अली खान र उनको परिवारको सुरक्षालाई ध्यानमा राख्दै, सुरक्षाको लागि प्रहरी परिचालन गरिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया