मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाल सामु अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौँ – अस्ट्रेलियाले नेपाल सामु १४० रनको लक्ष्य प्रस्तुत गरेको छ । आइसिसी यु–१९ ट्वान्टी– २० विश्वकपमा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल सामू अष्ट्रेलियाले १४० रनको लक्ष्य प्रस्तुत गरेको हो ।

मलेसियाको वाइएसडी युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३९ रनको योगफल तयार पार्न सफल भएको छ ।

अस्ट्रेलियाका लागि काओइमहे ब्रेले ३४ बलमा सामान ३ चौका र छक्काको मद्दतले सर्वाधिक ४५ रनको योगदान गरेकी थिइन भने एलेनोर लारेसाले ३१, हसरत गिलले अविजित ३० र क्लो एन्वर्थले अविजित १६ रनलगायत बनाउँदै १४० रनको लक्ष्य प्रस्तुत गरेको हो ।

यता, नेपालका लागि भने कप्तान पूजा महतोले तीन, सीमाना केसीले दुई र रिया शर्माले एक विकेट मात्र लिन सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?