मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कङ्गनाले घर धितो राखेर बनाएकी थिइन् फिल्म ‘इमर्जेन्सी’

मुम्बई– बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगना रनावत यतिबेला आफ्नो फिल्म ‘इमर्जेन्सी’को कारण चर्चामा छिन् ।

अहिले यो फिल्मको तारिफ भइरहेको छ भने इन्दिरा गान्धीको भुमिकामा देखिएकी कंगनाको अभिनयको पनि निकै तारिफ भइरहेको छ । योसँगै फिल्मको बक्स अफिस कलेक्सन पनि राम्रो छ । यसैबीच कंगनाले केही यस्ता खुलासा गरेकी छिन्, जसले मानिसलाई अचम्ममा पारेको छ ।

कंगना रनौतले फिल्म ‘इमर्जेन्सी’ बनाउन निकै कठिनाइको सामना गर्नुपरेको बताइन् । उनले यो फिल्मका लागि आफूलाई कसैको सहयोग नलिएको बताउँदै आफ्नो मेहनतले यो फिल्म बनाएको जानकारी दिएकी थिइन । उनले आफैंले फिल्म निर्देशन गरेकी थिइन् र इन्दिरा गान्धीको भूमिका पनि निभाएकी थिइन् ।

कंगनाले यो फिल्म बनाउनको लागि आफ्नो घर धितो राख्नु परेको खुलासा गरेकी छिन । उनका अनुसार किन भने कुनै पनि निर्माता वा ओटीटी प्लेटफर्मले उनलाई कुनै मद्दत गरेनन्। कंगनाको यो भनाइ सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

‘इमर्जेन्सी’ मा कंगनासँगै अनुपम खेर, श्रेयस तलपदे, महिमा चौधरी र स्वर्गीय सतीश कौशिक जस्ता स्टारहरू पनि महत्त्वपूर्ण भूमिकामा देखिएका छन्। सैकनिल्कका अनुसार यो फिल्मले चार दिनमा भारतमा ११ करोड ४० लाख मात्रै कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?