मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाल फाइनान्सले कमायो २ करोड

काठमाडौँ– चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल फाइनान्सले नाफा कमाएको छ । कम्पनीले २ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको हो ।

यो नाफा गत वर्षको भन्दा २४२५.१२ प्रतिशतले धेरै हो । गत वर्ष यसले ८ लाख १२ हजार रुपैयाँ मात्र नाफा कमाएको थियो । यो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी १२.१५ प्रतिशत र सञ्चालन नाफा ३५०७.७० प्रतिशतले बढेको छ ।

यसले गर्दा कम्पनीको नाफा बढ्न टेवा पुगेको छ ।

हाल यसको चुक्ता पुँजी ७२ करोड ९९ लाख रुपैयाँ रहेको छ । यसको रिजर्भ कोषमा भने ४८ करोड २१४ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको खराब कर्जा पनि १०.५२ प्रतिशतबाट थोरै घटेर १०.४६ प्रतिशत भएको छ । यता, कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसको प्रतिसेयर आम्दानी २२ पैसाबाट बढेर ५ रुपैयाँ ६२ पैसा (वार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ०७ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?