काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वामित्व बिक्री गर्न अन्यथा प्रतिबन्धको सामना गर्न टिकटकलाई ७५ दिनको म्याद दिएका छन् । राष्ट्रपति ट्रम्पले शपथ ग्रहण गरेलगत्तै टिकटकलाई ७५ दिनको म्याद थप्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।
ट्रम्पले कार्यकारी आदेशमा हस्ताक्षर गरेसँगै अब ७५ दिनसम्म अमेरिकी कांग्रेसले पारित गरी पूर्वराष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेको कानुन लागू हुने छैन ।
ह्वाइट हाउसको ओभल अफिसमा पत्रकारहरूसँगको कुराकानीका क्रममा राष्ट्रपति ट्रम्पले टिकटकबारे धेरै धनाढ्यहरूले सम्पर्क गरी चासो व्यक्त गरेको पनि जानकारी दिए ।
बीबीसीका अनुसार ट्रम्पले टिकटकमा कम्तीमा ५० प्रतिशत अमेरिकी स्वामित्व खोजेका छन् । हाल टिकटक चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया