मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मण्डलामा नाटक ‘मुक्कुमलुङ : चो–त्–लुङ अफ याक्थुम’

काठमाडाैँ- थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘मुक्कमलुङ : चो–त्–लुङ अफ याक्थुम’ मञ्चन शुरु भएको छ ।

माघ ४ गतेदेखि २७ गतेसम्म मञ्चन हुने नाटकको परिकल्पना तथा लेखन निर्देशक अनिल सुब्बाले गरेका छन् । मुन्धुम अनुसार ‘मुजिङना खेयङना’ पृथ्वीको पहिलो मान्छे र मेन्छ्या हुन् ।

तिनै ‘मुजिङना खेयङना’ मुन्धुममा आधारित रहेर यस नाटक तयार गरिएको छ । मुन्धुमको सिर्जनाकालदेखि हालसम्म आदिवासी याक्थुङ समुदायसँग मुक्कुमलुङको सम्बन्ध के छ, पुँजीवादी विकासको प्रारुपले कसरी इतिहास मेटिँदै छ, यसको नाममा भइरहेको विकासवादी अवधारणा किन गलत छ भन्ने विषयलाई नाटकले समेटेको छ ।

निर्देशक सुब्बासहित गिलु रातोस र विष्णु मोक्तानको लेखन रहेको नाटकमा मोक्तानसँगै वेदना राई, सुरज तमू, प्रतिना राई, मानहाङ लावती, शोभा लिम्बू, सौजन सेनेहाङलगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?